अब औद्योगिक क्षेत्रमा पनि बत्ती नजाने, आजदेखि मुलुक लोडसेडिङ मुक्त

  • 280
  •  
  •  
  •  
  •  
    280
    Shares

काठमाडौँ, ३१ वैशाख । देशभर लोडसेडिङ अन्त्य भएको छ । सोमबार नेपाल विद्युत् प्राधिकरणले औद्योगिक ग्राहकहरुको विद्युत् अन्त्य गरेसँगै मुलुक लोडसेडिङ मुक्त बनेको छ । यसअघि नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा ६ घण्टा लोडसेडिङ कायम राखी अन्य क्षेत्रमा लोडसडिङ अन्त्य गरेको थियो । अब औद्योगिक क्षेत्रको पनि लोडसेडिङ अन्त्य भएसँगै देश लोडसेडिङ मुक्त बनेको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पद सम्हालेपछि देशलाई लोडसोडिङ अन्त्य गर्ने बताएका थिए । योसँगै उनले पहिलो चरणमा उपत्यकाको लोडसेडिङ अन्त्य गरेका थिए । त्यसपछि उनले औद्योगिक क्षेत्रबाहेक सबैठाउँमा लोडसेडिङ मुक्त गरेका थिए ।

देशलाई लोडसेडिङ् मुक्त बनाउने अभियान अन्तर्गत विद्युत्को सही व्यवस्थापन गर्न घिसिङ सक्षमभएकाले अहिले देश नै लोडसेडिङ मुक्त भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

82 ÷ 41 =