विद्यार्थी जंगल पस्दा, सिजिनल बने विद्यालय

  • 34
  •  
  •  
  •  
  •  
    34
    Shares

बझाङ, ३१ वैशाख । बझाङ्गका केही स्थानीय तहहरुमा यार्सागुम्बा संकलन गर्दा विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको छ ।

काँडा गाउँपालिका, सुर्मा गाउँपालिका, तल्कोट, साइपाल लगायतका स्थानीय तहहरुमा यार्सागुम्बाको संकलनको लागि बन खुला गरेपछि बिद्यालयहरु बन्द गर्नुपर्ने भएको शिक्षकहरुले बताएका छन ।

यार्सा संकलन गर्दा विद्यार्थीहरु विद्यालय जानको सट्टा जंगलतिर जाने गरेको स्थानीय रमेश बोहराले बताए । ‘धनसेरी वन सुरक्षा समितिले यार्सागुम्बा संकलनमा वैशाख १६ गते रोक लगाएको थियो ।’ बोहराले भने, ‘वैशाखको अन्तिममा यार्सा संकलन गर्न खुला गरेपछि स्थानीयलाई लागमलाग भएको छ ।’

‘परिवारमा सबै सदस्यहरु यार्सा संकलनमा घरको काम पनि ठप्प रहँदै आएका छन ।’ बोहराले भने, भर्ना अभियान चलेकै बखतमा सतप्रतिशत बालबालिकाहरु जंगलतिर पस्दा दर्जनौ विद्यालयहरु सिजनल भएका छन ।’

यार्सा संकलन गर्दा अधिकाशं परिवारबाट बालकदेखि हिँडडुल गर्नसक्ने वृद्धसम्म जंगल धाउने गर्छन । दौलीचौरमा विकास व्यवस्थापन समिति अध्यक्ष कलक बोहराले भने, ‘बझाङ्गका लेकाली भेगमा अयश्रोत भनेकै यार्सा हो । यार्सा संकलन गरेपछि मात्र वर्षभरी खान पुग्छ । त्यसैले विद्यालय नै बन्द गरेर जंगल पस्नु पर्ने विद्यार्थी–अभिभावकको बाध्यता छ ।’

यार्सागुम्बा एक बहुमुल्य जडिबुटी हो । यसको मुल्य ४० लाख प्रतिकिलो भन्दा महंगो हुन्छ । स्थानीय बनहरुमा पाउने हुँदा पनि स्थानीयले आफूखुसी टिप्न पाउँदैनन् । उनीहरुलाई पनि अनुमती दिइन्छ त्यो पनि तीन महिनाका लागि मात्र । तीन महिनाको कमाइले वर्षभरी खान पुग्ने हुँदा अरु काम छोडेर भएपनि यार्सा संकलन गर्ने गरेको स्थानीय रामबहादुर बोहराले बताए ।

‘स्थानीयले मात्र यार्सा संकलन गर्दैनन् ।’ बोहराले भने, ‘यार्सा संकलन गर्न यो सिजनमा जिल्ला भरीकै आउने गर्दछन । नयाँ वर्षको आसपासमा हिमालमा यार्सा संकलन गर्न सजिलो भएको भन्दै पछिल्लो समयमा मजदुरी गर्न भारत जानेहरुको संख्या पनि घटिरहेको छ ।’

यार्सागुम्बाको उत्पादन दिनानुदिन घट्दै गइरहेको छ । उत्पादन भन्दा बढी संकलन गरिने भएको हुँदा सो अवस्था आएको हो । बिगतका दिनहरुमा पर्याप्त मात्रामा पाइने यार्सा केही वर्ष यता घट्दै गएको बोहराले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 7 = 14