निर्माता संघ र चलचित्र संघबीच सुल्झियो विवाद, के के भयो सहमति ?

  • 32
  •  
  •  
  •  
  •  
    32
    Shares

काठमाडौँ, ३१ वैशाख । नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबीचको विवाद सुल्झिएको छ । लामो समयदेखि चलचित्र प्रदर्शनीका क्रममा सेयर बाँडफाँडको विषयमा चलिरहेको विवाद निर्माता संघ र चलचित्र संघको संयुक्त कार्यदलबीचको वार्तामा ११ बुँदे सहमति भएपछि सुल्झिएको हो ।

विवाद समाधानका लागि संयुक्त कार्यदल विगत एकसाता अघिदेखि वार्तामा जुटिरहेको थियो । यी दुई कार्यदलबीच वार्तामा भएको सहमतिबारे सोमबार दिउँसो दुईबजे संयुक्त पत्रकार सम्मेलन गरी जानकारी दिने बताइएको छ । वार्तामा निर्माताले सिंगल थिएटरबाट ५० प्रतिशत सेयर पाउने, मल्टीप्लेक्स हलबाट पहिलो साता ५०, दोस्रो साता ४५, तेस्रो सातामा ४० र त्यसपछि ३५ प्रतिशत सेयर पाउने सहमति भएको छ । त्यस्तै निर्माताले दुई सातासम्म हलमा निःशुल्क ट्रेलर बजाउन, पोस्टर, ब्यानर र स्ट्यान्डी राख्न पाइने सहमति पनि दुई कार्यदलबीच सहमति भएको छ ।

नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबीच चलचित्रको शेयर बाँडफाँडको विषयमा लामो समयदेखि विवाद थियो ।

यसअघि चलचित्र प्रदर्शनीपछि पहिलो हप्तामा ६० प्रतिशत, दोस्रो हप्तामा ४० प्रतिशत र तेस्रो हप्तामा ३० प्रतिशत शेयर बाँडफाँड हुँदै आएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

56 ÷ 28 =