तीन दिन पनि चलेन जनकपुरमा मोदीका लागि १ करोड २६ लाख खर्चिएका श्रृगारहरु

  •  
  •  
  •  
  •  
  •  

जनकपुर — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको क्रममा जनकपुरमा रातारात गरिएका श्रृंगारहरु तीन दिन पनि चलेका छैनन ।
रंग्याइएका भित्ताहरु भत्किएका छन भने कालोपत्रे गरेका सडकमा हिलाम्य भएको छ ।

जनकपुरको रामानन्द चोकदेखि जानकी मन्दिरसम्म रातारात कालोपत्रे गरिएको सडकमा अतिक्रमण गरेर पसल थापिएका छन् । केसरिया रंगले रंगिएको रंगभूमि मैदानको बाहिरी पर्खालमा कोरिएको मिथिला पेन्टिङ छोप्ने गरी पसल थापिएका छन् । सडकको दुबैतर्फ फुटफाथ पसलले रंगले पोतिएको सबै पर्खाल छोपिएको छ ।

मोदीको भ्रमणको क्रममा जनकपुरको रंगभूमि मैदान र जानकी मन्दिरको पर्खाललाई केसरिया रंगले रंग्याइएको थियो । केसरिया रंगले रंगिएको पर्खालमा कोरिएको मिथिला पेन्टिङले त्यस क्षेत्रको स्वरुप सुन्दर र आकर्षण देखिएको थियो । तर, आइतबारदेखि रंगभूमि मैदान र जानकी मन्दिर परिसर र बाहिरी भागमा आकर्षक बनाइएको पर्खाल नै छोपिने गरी पसल थापिएका छन् ।

मोदीको स्वागतका लागि रातारात बनाइएका संरचना पुरानै स्थितिमा पुगेका छन । गाडी र मोटरसाइकलको जथाभावी पार्किङले पनि जनकपुरको नयाँ स्वरुपलाई लुकाइदिएको छ । पन्डाल नै टाँगेर थापिएका पसल, पार्किङ गरिएको सवारीसाधान र जानकी मन्दिरको मुख्य गेटमै रहेका अव्यवस्थित पसलले जनकपुरलाई पुरानै अव्यवस्थित र कुरुप सहर झैं बनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 2 =