विदेशमै व्यस्त नायक श्रीदेव भट्टराई

  • 334
  •  
  •  
  •  
  •  
    334
    Shares

काठमाडौँ, ३१ वैशाख । नायक श्रीदेव भट्टराई एतिबेला विभिन्न देश दौडाहामा व्यस्त छन् । केही समयअघि मात्रै कतारबाट फर्केका भट्राई अहिले अफ्रिका पुगेका छन् । इजिप्टमा जारी डकुमेन्ट्री प्रदर्शनी कर्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् । ‘इजिप्टको पिरामिड’ को विषयमा तयार परिएको डकुमेन्ट्री प्रदर्शनका लागि अफ्रिका गएको भट्टराईले बताए ।

केही समयअघि मात्रै कतारमा म्युजिक भिडियोे सुटिङका लागि गएका भट्राई त्यहाँबाट फर्किए लगत्तै अहिले अफ्रिका गएका हुन् । कतारमा प्रमोद खरेलको आवज र भरत बोम्जनको शब्द रचनामा पूर्ण परियारले संगीत भरेको गीतमा अभिनय गर्न गएका थिए । उनले पछिल्लो पटक अभिनय गरेका यो गीत चाँडै बजारमा आउने बताए । त्यसअघि उनी दुवै गएर फर्किएका हुन् । यसबाहेक उनले श्रीलंका, थाइल्याण्ड, मलेसिया र स्वीजरल्याण्डजस्ता थुप्रै देश घुमीसकेका छन् । उनी नेपालमाभन्दा पनि विदेशहरुमा बढी व्यस्त हुने कलाकारमा गनिन थालेका छन् ।

ललितपुरस्थित इसीआर एफएमबाट आरजेको रुपमा करिअर सुरुवात गरेका नायक भट्टराई विभिन्न म्युजिक भिडियोमा मोडलिङ गर्दै ठूलो पर्दाको नेपाली चलचित्रमा अभिनय गरेका थिए । नायक भट्टराईको ‘विरानो मायाँ’ ‘कुइनेटटो’ जस्ता चलचित्र राम्रा बने पनि बजार लिन सकेनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 2