बार्सिलोना आउन लागेका ग्रिजमनलाई एथ्लेटिकोको कडा चेतावनी !

  • 780
  •  
  •  
  •  
  •  
    780
    Shares

काठमाडौं, १ जेष्ठ । बार्सिलोना आउन लागेका एथ्लेटिको मड्रिडका फवार्ड एन्टोनी ग्रिजमनलाई क्लबले चेतावनी दिएको छ । युरोपा लिगको फाइनलको तयारीमा जुटेको क्लबले खेलमा केन्द्रीत हुन चेतावनी दिएको हो ।

विश्वकप अघि नै बार्सिलोनासँग हस्ताक्षर गर्ने तयारीमा रहेका उनलाई यो सिजनका दुई खेल बाँकी रहको र त्यसमा पनि यरोपा लिगको फाइनल महत्वपूर्ण रहेको भन्दै चेतावनी दिएको बताइएको छ । क्लबका पूर्व खेडाली डियोगो फोर्लनले क्बल भन्दा माथि कुनै खेलाडी नरहेको भन्दै ग्रिजमनलाई चेतावनी दिएका हुन् ।

उनले यरोपा लिगको फाइनमा केन्द्रीत गर्न ग्रिजमनलाई भनेका छन् । यद्यपी उनले कोही खेलाडीले अन्य क्लबलमा गएमा उपयुक्त विकल्प खोज्न एथ्लेटिको सक्षम रहेको बताएका छन् । ग्रिजमनलाई बार्सिलोनाले ११५ मिलियनमा अनुबन्ध गर्ने तयारी गरेको समचार आइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 3 =