ब्राजिलद्वारा विश्वकप फुटबल टोलीको नाम सार्वजनिक, घाइते नेयमार टिममा

  • 1.5K
  •  
  •  
  •  
  •  
    1.5K
    Shares

एजेन्सी, १ जेठ । ब्राजिल राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकपका लागि २३ सदस्यीय अन्तिम टोलीको नाम सार्वजनिक गरेको छ । जुन तेस्रो साताबाट सुरु हुने विश्वकप फुटबल प्रतियोगितामा हाल घाइते अवस्थामा रहेका नेयमारको पनि नाम रहेको छ ।

२६ वर्षीय फरवार्ड विगत केही महिनायता चोटका कारण मैदान बाहिर रहे पनि प्रशिक्षक टेटेले टोलीमा समेटेका हुन् । टोलीमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका चार खेलाडी एडरसन, ड्यानिलो, फर्नानडिन्हो र ग्याब्रिएल जेससले टोलीमा स्थान बनाएका छन् । यस्तै, चेल्सीका विलियन र लिभरपुलका रोबर्टो फिर्मिनो, एएस रोमाका गोलरक्षक एलिसन र कोरिनथियन्सका क्यासिओ, रियल म्याड्रिडका मार्सेलो, पिएसजीका थियागो सिल्भा र मार्किन्हस, इन्टर मिलानका मिरान्डा, ग्रेमिओका पेड्रो जेरोमेल, एटलेटिको म्याड्रिडका फिलिपे लुइस र कोरिन्थियन्सका फाग्नर छन् ।

मिडफिल्डमा बार्सिलोनाका फिलिप कोउटिन्हो र पाउलिन्हो, शख्तर डोनेस्कका फ्रेड, रियल म्याड्रिडका क्यासेमिरो, युभेन्ट्सका डग्लस कोस्टा र बेजिङका रेनाटो अगुस्टो छन् । फरवार्डमा शाख्तरका टाइसनले फिर्मिनो, जेसस र नेयमारलाई साथ दिनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

88 − = 83