बार्सिलोना छोडेर पिएसजी गएका नेयमार भन्छन्, ‘म थाकिसकेँ’

  • 1.3K
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमारले रियल मड्रिडसँग आफ्नो भविष्यलाई लिएर गरिएको अड्कलबाट आफु थाकेको बताएका छन् ।

उनी यो समरमा रियलसँग अनुबन्ध हुने समचार आइरहेका बेला नेयमारले यस्तो प्रतिक्रिया दिएका हुन् । यही साता रियलका ब्राजिलियन डिफेन्डर मार्सेलेले क्लबमा स्वागत गर्न तयार रहेको र उनको साथमा एकै क्लबबाट खेल्ने इच्छा रहेको बताएका थिए ।

 

तर पिएसजीका अध्यक्ष नासिर अल खेलाईफीले भने नेयमार २०० प्रतिशत पिएसजीमै रहने बताउँदै आएका छन् । नेयमार अहिले विश्कपका लागि फिट हुने क्रममा छन् । उनले अहिले आफ्नो ध्यान विश्कपमा रहेको बताएका छन् ।

लिग वानका उत्कृष्ट खेलाडीको अवार्ड थापेपछि उनले भनेका छन्, ‘मेरो लक्ष्य के हो ? भन्ने सबैलाई थाहा छ । मेरो लक्ष्य विश्कप हो । अहिले स्थान्तरणका बारेमा कुरा गर्ने फुर्सद छैन । म थाकेको छु ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 9 =