अस्ट्रेलियाका मिडियामा सन्दीप लामिछानेको चर्चा, भारतीय मिडियाले लेखे सन्दीप नेपालको ‘सेन वार्न’

  • 1K
  •  
  •  
  •  
  •  
    1K
    Shares

काठमाडौं, १ जेठ । गत शनिबार विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध उत्कृष्ट खेल देखाएका सन्दीप लामिछानेको अस्ट्रेलिया र भारतमा चर्चा जारी छ । इन्डियन प्रिमियर लिगबाट बाहिरिसकेपछि मात्र सन्दीपलाई दिल्ली डेयरडेभिल्सले डेब्यु गराएको थियो ।

बैंगलोरसँगको खेलमा सन्दीपले चार ओभरमा २५ रन दिई एक विकेट लिएपछि उनको चर्चा संसारभर भएको हो । यतिखेर अस्टे«लियाका मिडियाले सन्दीपलाई सेन वार्न प्रेरक, माइकल क्लार्क सल्लाहकार र रिकी पोन्टिङ आईपीएलमा प्रवेश दिलाउने भन्दै चर्चा गरेका छन् । क्रिकेट डटकम अस्ट्रेलियाले ‘ट्रयाब्लाजिङ टिनेजर’ भनेर सन्दीपको चर्चा गरेको छ । रिकी पोन्टिङले भरोसा गरेर सन्दीपलाई पहिलो ओभर खेल्न दिएको र सन्दीपले पोन्टिङको आशा पूरा गरेको उसले जनाएको छ । 

यस्तै, भारतीय अनलाइन मिडिया दिल्ली डेयरडेभिल्स डटकमले सन्दीपलाई नेपालको ‘सेन वार्न’ को विशेषण दिँदै उनले फिरोज शाह कोटला स्टेडियममा इतिहास रचेको उल्लेख गरेको छ । संसारभर चर्चा पाएपछि बाँकी दुई खेलमा पनि सन्दीपलाई प्लेइङ ११ मा पार्न दबाब बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 2 = 1