प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले माफी माग्छन् कि राजीनामा दिन्छन् ?

  • 3.7K
  •  
  •  
  •  
  •  
    3.7K
    Shares

काठमाडौं, १ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा गरेको नागरिक अभिनन्दनमा प्रदेश नम्बर २ का मुख्यमन्त्रील लालबाबु राउतले दिएको अभिव्यक्तिपछि मुलुकको राजनीति नै तरंग भएको छ । प्रधानमन्त्री केपी ओलीदेखि सत्तारुढ एमाले र माओवादी केन्द्र मात्र होइन, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि त्यसको विरोध गरेको छ ।

प्रधानमन्त्री ओलीले त संसदमै कमीकमजोरी भएको जानकारी गराइसकेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबारको संसद् बैठकमा राउतको अभिव्यक्ति भत्र्सनायोग्य भएको बताए । केन्द्र सरकारले औपचारिक रूपमै धारणा सार्वजनिक गरेपछि मुख्यमन्त्री राउत अप्ठेरोमा परेका छन् । अब उनीसामु आफूले बोलेको विषयमा माफी माग्ने वा पदबाट राजीनामा दिने विकल्प बाँकी छ ।

राउतको पार्टी संघीय समाजवादी फोरमले भने उनको बचाउ गरेको छ । यतिखेर फोरम अध्यक्ष उपेन्द्र यादव राउतको बचाउ गर्दै भारतीय सेनालाई नेपालमा प्रवेश गर्न दिएर सरकारले नेपाली सेनाको अपमान गर्न खोजेको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका छन् । यसले अबको मुलुकको राजनीति अझै केही समय आरोप–प्रत्यारोपमै बित्ने देखिन्छ ।

चौतर्फी रूपमा केन्द्र सरकारमाथि मुख्यमन्त्री राउतलाई हटाउन दबाब परेको छ । तर, केन्द्र सरकारले चाहेर मात्रै राउतलाई हटाउन मिल्दैन । किनभने प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम र राजपाको सरकार छ । एमाले र माओवादी केन्द्रले समर्थन मात्र गरेका छन् । त्यसैले राजपाले सहयोग फिर्ता लिएमा मात्र राउतको पद जान्छ ।

राजपाभित्र राउतलाई मुख्यमन्त्री बनाएको चित्त बुझेको छैन । सुरुदेखि नै राजपाका नेताहरूले एक वर्षपछि समीकरण परिवर्तन हुन सक्ने भन्दै मुख्यमन्त्री पनि नयाँ हुने बताउँदैछ । अहिले राजनीतिक परिदृश्य सोही दिशामा अघि बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

25 ÷ 5 =