चर्चित २४ मोडलहरु एक्कैचोटी र्याम्पमा उत्रिँदै, दलजित सुदानको डिजाइनमा फेसन प्रदर्शन हुने

  • 37
  •  
  •  
  •  
  •  
    37
    Shares

काठमाडौँ, १ जेठ । नेपालका चर्चित २४ जना मोडलरु एकै पटक एकै ठाउँमा र्याम्पमा उत्रिँदै छन् । यही जेठ ११ गते राजधानीको सोल्टी क्राउन प्लाजाको रोज गार्डेनमा थिएटरमा हुने फेसन शो ‘दलजित सुदान फेसन रनवे–२०५०’ मोडलहरु नग्मा श्रेष्ठ, आस्था पोखरेल, सविता कार्की, सुस्मिता थापा, बिबेक खड्का लगायत २४ मोडल एउटै र्याम्पमा उत्रिने भएका हुन् ।

नेक्स्ट मोडल नेपालले पत्रकार सम्मेलनको आयोजना गरी ‘दलजित सुदान फेसन रनवे–२०५०’ को बारेमा जानकारी दिएको हो । यस फेसन शोमा नेपालका सुप्रसिद्ध फेसन डिजाइनर दलजित सुदानले तयार पारेको विभिन्न पहिरनहरुमा मोडलहरु र्याम्पमा उत्रने छन् ।

१६ महिला र ८ पुरुष मोडलले जफ्रानको जादु, पारदर्शिता र परम्परागत गरी तीन सिक्वेसमा डिजाइनर सुदानले तयार पारेका आकर्षक फेसनहरु प्रदर्शन गर्ने आयोजकले जनाएको छ ।

थुप्रै फेसन सो मार्फत आफ्ना डिजाइनहरु प्रस्तुत गरिसकेकी सुदानको यो पहिलो एकल सो हो । फेसन सोका लागि आफू निकै एक्साइटेट रहेको डिजाइनर सुदानले बताइन् । ‘अहिलेसम्म र्याम्पमा प्रस्तुत नभएका र नेचुरल डिजाइनले शोमा प्रथामिकता पाउनेछन् ’ उनले भनिन् ।

साँझ ६ बजेबाट सुरु हुने सो तीन घन्टासम्म चल्नेछ । नेपालमै पहिलो पटक १९२ फिट लामो युसेफ र्याम्प स्टेजसहित आयोजना हुन लागेको ‘फेसन शो’ अहिले सम्मकै उत्कृष्ट शो हुने आयोजकले अपेक्षा गरेको छ । नेक्स्ट मोडल नेपालको ब्याबस्थापन तथा संयोजनामा सोको आयोजना हुन लागेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

42 ÷ = 7