मोदीको नेपाल भ्रमणले रंग ल्यायो, कर्नाटकमा बीजेपीलाई बहुमत, कंग्रेस सत्ताबाट हट्ने

  • 378
  •  
  •  
  •  
  •  
    378
    Shares

काठमाडौं, १ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सफल भएको छ । जुन उद्देश्यले कर्नाटकमा चुनाव हुनुअघि उनी नेपाल आएका थिए, निर्वाचन परिणामले मोदीको नेपालको धार्मिक भ्रमणले रंग ल्याएको छ ।

मंगलबार बिहानदेखि सुरु भएको कर्नाटक विधान सभा निर्वाचनमा भारतीय जनता पार्टीले स्पष्ट बहुमत प्राप्त गर्ने संकेत देखिएको छ । कंग्रेस आई भने लज्जास्पद पराजयको दिशामा अघि बढेको छ । सन् २०१३ मा भएको विधान सभा निर्वाचनमा कंग्रेसले १२२ सिट प्राप्त गरेको थियो । तर, सन् २०१८ मा आइपुग्दा कंग्रेस ६०–६५ सिटमा समेटिने भएको छ ।

पाँच वर्षअघि ४० सिट जितेको बीजेपीले १२० सिट जित्ने अनुमान गरिएको छ । कर्नाटकमा हिन्दु धर्मावलम्बीको बाहुल्यता छ । सोही कारण मोदीले नेपालको प्रसिद्ध तीर्थस्थल पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरको भ्रमण गरी पूजाआजा गरेका थिए । जसको प्रभाव कर्नाटकको चुनाव परिणामले पुष्टि गरेको छ । कर्नाटकमा जित्ने दलले नै सन् २०१९ मा हुने लोकसभा निर्वाचनमा विजय हासिल गर्ने अनुमान गरिएको छ ।

कंग्रेसको नेतृत्व अहिले राहुल गान्धीले गरेका छन् । कर्नाटकमा राहुलको जादू चल्न सकेन । कंग्रेसलाई गान्धी परिवारमा सीमित गरेको सोनिया गान्धीमाथि आरोप लागेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 8