सहकर्मी महिलालाई समान पारिश्रमिक नदिने फिल्ममा काम नगर्ने हलिउड अभिनेता बेनेडिक्टको घोषणा

  • 46
  •  
  •  
  •  
  •  
    46
    Shares

एजेन्सी । सहकर्मी महिलालाई समान पारिश्रमिक नदिने फिल्ममा काम नगर्ने हलिउड अभिनेता बेनेडिक्ट कुम्बरव्याचले घोषणा गरेका छन् ।रेडियो टाइम्संग कुरा गर्दै बेनेडिक्टले भने पुरुष् जतिकै पाश्रिमिक पाएका रहेनछन भने आफु तेस्तो प्रोजेक्टमा काम नगर्ने जारी कान फिल्म फेस्टिवलमा यस्तो बताएका हुन्।

‘मलाई गर्व छ की मेरो कम्पनीमा पुरूषका नाममा म र मेरा साझेदार साथी एडम मात्र छौं। हाम्रो अगामी प्रोजेक्ट महिलाको कथामा आधारित छ जसले वातावरणिय प्रकोपका बेलामा एउटी आमाको मातृत्वको दृष्टिकोणबाट कथा प्रस्तुत गर्नेछ।

यदि लगानीकर्तालाई आकर्षित गर्नका लागि मेरो नाम केन्द्रमा पर्न जान्छ भने हामी महिला केन्द्रित प्रोजेक्टका लागि त्यो पनि प्रयोग गर्न सक्छौ। हाम्रा आधा दर्शक त महिलाहरू हुन्’, उनले अगाडी भने।

उनको यस घोषणालाई लिएर सामाजिक संजाल ट्विटरमा मिश्रित प्रतिक्रियाहरू आइरहेका छन्। कतिले यसलाई ठीक भनेर समर्थन जनाएका छन् भने कतिले ठीक नभएको प्रतिक्रिया जनाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 2