अजय देवगन र रणवीर कपुर दोस्रो पटक सँगै पर्दामा देखिँदै

  • 601
  •  
  •  
  •  
  •  
    601
    Shares

काठमाडौँ, १ जेठ । बलिउड सिने जगतमा दुई सुपरस्टार एउटै फिल्ममा देखिनु अनौठो कुरा होइन । बलिउडमा दुई सुपरस्टार नायकहरुलाई लिएर बनाएका थुप्रै फिल्महरु छन् जुन सुपरहिट पनि भएका छन् । यसैक्रममा अब बलिउड सिंघम अर्थात अजय देवगन र पछिल्ला पिडीका चकलेटी अभिनेता रणवीर कपुर दोस्रो पटक पर्दामा सँगै देखिँदै छन् ।

उनीहरुलाई निर्देशक लव रञ्जनले यो मौका दिएका हुन् । रञ्जनले निर्देशन गर्न लागेको फिल्म सन् २०१९ बाट सुटिङ सुरु हुने छ । फिल्मको नाम भने जुरी नसकेको फिल्म निर्माण युनिटले बताएको छ ।

दुवै नायकले एक अर्कासँग काम गर्न पाउनु निक्कै खुसीको कुरा भएको बताएका छन् । यसअघि चलचित्र ‘राजनीति’मा यी दुई सुपरस्टार सँगै देखिएका थिए । रणवीरको निक्कै प्रतिक्षित फिल्म सञ्जु पनि प्रदर्शनीको तयारीमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 4 =