ब्राजिलद्वारा विश्वकप खेल्ने टिमको घोषणा

  • 1.4K
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

एजेन्सी, आउँदो महिना रुसमा सुरु हुने विश्वकप फुटबलका लागि उपाधिको प्रमुख दाबेदार  ब्राजिलले टिम घोषणा गरेको छ । जुन १४ देखि सुरु हुने विश्वकपका लागि २३ सदस्यीय टोली घोषणा   गरेको टोलीमा घाइते रहेका स्टार खेलाडी नेइमारको समेत नाम समाबेस गरिएको  छ ।

अहिले उनी पूर्णरुपमा ठिक नभएपनि केहिदिनमै प्रशिक्षण सत्रमा सहभागि हुन सक्ने बताइएको छ ।

 विश्वकपका लागि छानिएको टोलीमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका चार खेलाडी एडरसन, ड्यानिलो, फर्नानडिन्हो र ग्याब्रिएल जेससले टोलीमा स्थान बनाएका छन् । यस्तै, चेल्सीका विलियन र लिभरपुलका रोबर्टो फिर्मिनो, एएस रोमाका गोलरक्षक एलिसन र कोरिनथियन्सका क्यासिओ, रियल म्याड्रिडका मार्सेलो, पिएसजीका थियागो सिल्भा र मार्किन्हस, इन्टर मिलानका मिरान्डा, ग्रेमिओका पेड्रो जेरोमेल, एटलेटिको म्याड्रिडका फिलिपे लुइस र कोरिन्थियन्सका फाग्नर छन् ।

ब्राजिल विश्वकपका लागि समूह इ मा छ र उसले कोस्टारिका, सर्बिया र स्वीट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । उसले आफ्नो पहिलो खेल जुन १७ मा खेल्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 × = 30