सडकमै बस पल्टिँदा २० भन्दा बढी घाइते

  •  
  •  
  •  
  •  
  •  

महोत्तरी, १ जेठ । महोत्तरीको जनकपुर जलेश्वर भिटामोड सडक खण्डमा बस दुर्घटना हुँदा २० भन्दा धेरै यात्रु घाइते भएका छन् ।

मंगलबार दिउँसो ज १ ख ७०१ नम्बरको बस सडकको बीचमै खनिएको नालामा पल्टेर दुर्घटना भएको हो । बसका चालक फरार रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको जलेश्वर अस्पताल र जनकपुरस्थित अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

बसमा क्षमता भन्दा बढी यात्रु रहेका थिए । जीर्ण सडक र क्षमता भन्दा बढी यात्रु भएको कारण बस दुर्घटना भएको बसमा सवार यात्रुहरुकले बताएका छनु् । घाइतेमध्ये सहचालक महोत्तरी गाउँपालिका १ पर्सा का असरफ राइनको अवस्था गम्भीर रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

64 − = 63