करिश्माले छोरी कवितालाई शिव श्रेष्ठका छोरासँग रोमान्स गराउँदै, थाम्लान् बाबुआमाको बिडो ?

  • 1.4K
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

काठमाडौँ, १ जेठ । नेपाली फिल्म इन्ड्रस्ट्रिजमा कतिपय कलाकार एवं निर्देशकले आफ्ना सन्तालानलाई फिल्म क्षेत्रमै स्थापित गराउँदै आएका छन् । यो कुनै नौलो कुरा होइन । यसबाट अब नायिका करिश्मा मानन्धर र नायक शिव श्रेष्ठ पनि अछुतो रहेनन् । उनीहरुका सन्तानले पनि अब नेपाली फिल्म इन्ड्रस्ट्रिजमा डेब्यु गर्दै छन् । करिश्माकी छोरी कविता र शिव श्रेष्ठका छोरा शक्ति दुवैले एउटै फिल्मबाट डेब्यु गर्न लागका हुन् ।

शिव श्रेष्ठले निर्माण गर्न लागेको नेपाली चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’बाट डेब्यु गर्न लागेका कविता र शक्तिले पर्दामा एकअर्कासँग रोमान्स गर्ने छन् । कुनै जमानामा निक्कै चर्चा कमाएका यी दुई नायक र नायिकाका सन्तानले बाबु आमाको बिडो कत्तिको थाम्ने हुन् त्यो भने हेर्न बाँकी नै छ ।

चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा प्रियंका कार्की, आयुष्मान जोशी, नरेन खड्का, वर्षा राउत, संजोग कोइराला, रेखा फागो, ध्रुव कोइराला, बसुन्धरा भुषाल, शिवानी गरीलगायतको अभिनय रहने छ ।

यो चलचित्रको निर्देशन दिपेश सापकोटाले निर्देशन गर्ने छन् भने चलचित्रमा अर्जुन पोखरेल, बसन्त सापकोटा, सन्तोष रजौरको संगीत रहनेछ । यसको काठमाण्डौ, मकवानपुर, जनकपुर, विरगन्ज, संखुवासभा र देश बाहिर पनि छायांकन गरिने चलचित्र निर्माण युनिटले जनाएको छ ।

चलचित्रमा कविराज गहतरजा, बसन्त श्रेष्ठ, गोविन्द राई, कमल राई लगायतको कोरियोग्राफी रहेनछ । चलचित्रमा रोशन भट्टराइको एक्सन समावेश हुनेछ ।

फोटो भिडियो : बिकाश चित्रकार / मिडिया एनपी 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 7 =