पार्टी एकताबारे एमाले नेताहरू मौन, माओवादी नेताहरू भन्छन्, चाँडै हुन्छ

  • 39
  •  
  •  
  •  
  •  
    39
    Shares

काठमाडौं, १ जेठ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेर स्थगन भएको छ । विगत दुई सातादेखि यस विषयमा दुवै दलमा छलफलसमेत भएको छैन । झन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि त माओवादी केन्द्र एमालेसँग सशंकित भएको छ ।

पार्टी एकताबारे पछिल्लो समय एमाले नेताहरूले बोल्नै छाडेका छन् । माओवादी नेताहरूले भने एकता हुन्छ भन्न छाडेका छैनन् । मंगलबार मात्रै पनि माओवादी नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुनले पार्टी एकता भएरै छाड्ने बताए । तर, कहिले पार्टी एकता हुन्छ भनेर उनले मिति तोक्न भने सकेनन् ।

यस्तै, प्रधानमन्त्री केपी ओलीसँग सम्बन्ध बिग्रिएका माओवादी केन्द्रका नेता एवं ऊर्जामन्त्री वर्षमान पुनले पनि चाँडै पार्टी एकता हुने, तर धेरै प्रक्रिया पुर्याउन बाँकी रहेको बताएका छन् । तर, के के प्रक्रिया पूरा हुन बाँकी छ भन्ने विषय भने उनले खुलाउन चाहेनन् । दुवै दलको पार्टी एकता संयोजन समितिले पार्टी एकताबारे केही विषय बाँकी राखेर प्रतिवेदनसमेत दुवै दलका अध्यक्षलाई बुझाइसकेका छन् । तर, ओली र प्रचण्डले अहिलेसम्म ती प्रतिवेदनबारे केही धारणा बाहिर ल्याएका छैनन् ।

पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अभिव्यक्ति फरक फरक दिन थालेपछि एमाले नेताहरू पार्टी एकताबारे बोल्नै छाडेका हुन् । जसले गर्दा दुवै दलको वार्ता संयोजन समितिको बैठकसमेत बस्न सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

57 + = 67