होमस्टे सञ्चालन गर्न डोटीमा युवाहरुलाई तालिम

  • 161
  •  
  •  
  •  
  •  
    161
    Shares

डोटी, १ जेठ । खप्तडमा पर्यटन गतिबिधि बढाउन प्रवेशद्धार बगलेकमा होमस्टे सञ्चालनको स्थानीयलाई तालिम दिएको छ ।
एक हप्तासम्म सञ्चालन गरिएको उक्त तालिमको मंगलबार समापन गरिएको छ ।

बगलेकका वडा अध्यक्ष योगेन्द्र बहादुर ठकुल्लाको अध्यक्षतामा सञ्चालन भएको तालिमको औपचारिक कार्यक्रममा प्रमुख अथिति पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटी रहेका थिए । पूर्वीचौकी गाउपालिका, होटल व्यवसायी संघ, पूर्वीचौकी गाउपालिका वडा न २ र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान काठमाडौंको सयुक्त आयोजनामा वगलेक गाउँका २७ जनालाई होमस्टे तालिम दिईएको हो।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान का ४ जना प्रशिक्षकहरुले ७ दिनसम्म अथित्य सत्कार सरसफार्इ, स्थानीय परिकार कला सस्कृति सुरक्षित र आरामदायी आबास मनोरञ्जन र व्यवहार सम्बन्धि प्रशिक्षण गरिएको वरिष्ठ प्रशिक्षक बिपिन नेपालले बताए ।
बगलेकमा ५ वटा घरहरुमा होमस्टेको सुरुवातका लागि पुर्वाधारको तयारी भैईरहेको होटल व्यावसायी संघ डोटीका अध्यक्ष दीपक बहादुर खड्काले जानकारी दिए ।

बगलेकमा तत्कालै ठुला होटेलहरु संचालनमा ल्याउन कठिन हुने हुँदा होमस्टेका माध्यमबाट पर्यटकहरुलाई सुबिधा दिन स्थानीय घरहरुलाई छनौट गरिएको छ पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घ बोगटीले बताए । मन्तब्यको क्रममा वडा अध्यक्ष योगेन्द्र बहादुर ठकुल्लाले तालिमबाट सिकेका सीपहरु व्यवहारमा लागु गर्नुपर्ने बताएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × = 16