बार्सिलोनाका समर्थकलाई खुसीको खबर, नेयमार रियल मड्रिड नजाने !

  • 1.2K
  •  
  •  
  •  
  •  
    1.2K
    Shares

काठमाडौं, १ जेठ । पेरिस सेन्ट जर्मेन (पिएसजी)का ब्राजिलियन स्टार नेयमार अहिले स्पेनिस क्लब रियल मड्रिडमा जाने चर्चा चलिरहेका छ । गत बर्ष बार्सिलोनबाट विश्वकिर्तिमानी रकममा पिएसजी गएका उनी त्यहाँ खुसी नरहेको र रियल मड्रिड जाने समचार आइरहेका छन् । यद्यपी उनलाई अनुबन्ध गर्न म्यानचेस्टर युनाइटेडलले रियललाई कडा टक्कर दिइरहेको समेत बताइएको छ ।

यही अवस्थामा पिएसजीका पूर्व म्यानेजर युनाई इम्रीले भने नेयमारले पिएसजी नाछोड्ने दावी गरेका छन् । यो सिजन लिग वान सहित तीन उपाधि जिताएका इम्रीललाई हालै थोमस टुचेलले रिप्लेस गरेका छन् ।

इम्रीले नेयमारले क्लब छोड्छन् भने अफवाह मात्रै फैलाइएको बताएका छन् । ‘नेयमार आगामी सिजनमा पिएसजीमै रहन्छन् । जनु उनका लागि र क्लब दुवैका लागि फाइदाको कुरा हो,’ उनले भने ।

पिएसजीका अध्यक्ष नासर अल खिलाफीले नेयमारले क्लब २०० प्रतिशत नछोड्ने बताइरहेका छन् । फेब्रुअरीमा मार्सेली विरुद्धको खेलमा घाइते भएका नेयमारले ३० खेलमा २८ गोल गरेका थिए । इम्रीले नेयमार मेस्सी र रोनाल्डो कै स्तरको खेलाडी भएको भन्दै प्रशंसा समेत गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 × 1 =