कच्चा पदार्थ आयात गर्दा भन्सारमा समस्या

  • 22
  •  
  •  
  •  
  •  
    22
    Shares

मञ्जिला बस्नेत

काठमाडौँ २ जेठ । अनमोल प्याकेजिङ्ग एउटा यस्तो प्याकेजिङ्ग कम्पनी हो जहाँबाट विभिन्न ब्राडका जुत्ता, चप्पल, वाइनहरु लगायतका साम्रागीका लागि डिजाएन र साइज अनुसारका काटुन प्याकेजिङ्गका आइटमहरु तयार हुन्छन् । प्याकेजिङ्गका आइटमहरु उत्पादन गर्दा बढीजसो कच्चा पदार्थहरुमा कागज नै बढी प्रयोग हुन्छ । त्यो कागज पनि उत्पादन गर्न नसकेर नेपालले अर्कोको मुख ताक्नु परेको अनमोल प्याकेजिङ्गका प्रबन्धक निर्देशक अशोक कुमार श्रेष्ठले बताए ।

प्याकेजिङ्ग उत्पादनका लागि कागज तीन प्रकारको आवश्यक पर्छ । डुप्पलेस पेपर, क्राप्ट पेपर, भर्जिन लगायतका पेपरहरु धेरैजसो ठृ्लो ब्राण्डको कम्पनीको लागि पिन्ट नै आइरहेको हुन्छ भने कतिपय नेपालमा पनि उत्पादन गरिन्छ ।निर्देशक श्रेष्ठले भने, ‘जुनसुकै बस्तुको आर्कषकलाई चिन्नको लागि पनि प्याकेजिङमा पनि भर पर्छ । प्याकेजिङ्गमा कत्तिको गुणस्तर छ भन्ने कुरा त्यसैमा थाहा हुन्छ ।’

उत्पादनमा पनि लगानी अनुसारको नाफा नहुँदा कतिपय उद्योगहरु बन्द भएका छन । ‘कतिपयले कामदारहरुलाई काम सिक्नसम्म मात्र राम्रो काम गर्ने गर्छन ।’ उनले भने, ‘नयाँ कामदार सिकारु हुँदा मात्र राम्रोसंग मेहेनत गर्छन, काम सिकेपछि कारखाना नै छोडेर जाँदा निकै समस्या हुने गर्छ ।’

‘प्याकेजिङ्ग तथा कारखानामा बढी जसो कच्चा पदार्थ नेपालमा संकलन गर्न नसक्दा भारतबाट नै आयात हुन्छ । हामी पनि भारतबाट नै ल्याउँछौं ।’ प्रबन्धक निर्देशक श्रेष्ठले भने, ‘भारतबाट कच्चा पदार्थ ल्याउँदा सीमा नाकामा भारतीयहरुले सास्ती दिने र भन्सारमा नेपालीहरुले पनि राजश्व छल्दै थोरै सामानको पनि धेरै पैसा लिने हुँदा व्यवसायीहरु बढी मर्कामा पर्दै आएका छन ।’

‘हामीलाई नेपालीले भन्सारमा त त्यसरी ठग्नु थिएन ।’ श्रेष्ठले भने, ‘नेपालका प्याकेजिङ्ग उद्योगहरु बन्द नहुन दिन र युवाहरुलाई स्वदेशमै रोजगार दिन व्यवसायीलाई सहयोग गर्नुको साँटो निकै अन्याय गरेजस्तो गरी जरिमाना काट्नु भनेको उद्योगहरु सञ्चालनमा धरासायी ल्याउनु हो ।’

‘भारतबाट आयात हुने बढी जस्तो कच्चा पदार्थहरुमा पेपर नै बढी प्रयोग हुन्छ । पेपरमा पनि तीन प्रकारको पेपरहरु प्रयोग हुने गर्छ ।’ उनले भने, ‘डुप्पलेस पेपर, क्राप्ट पेपर, भर्जिन लगायतका पेपरहरु धेरैजसो ठृ्लो ब्राडको कम्पनीको लागि पिन्ट नै आरहेको हुन्छ भने कतिपय यहिँ पनि निर्माण गरिन्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 ÷ 2 =