एमालेले आकस्मिक रूपमा बोलायो स्थायी समिति बैठक, बराबरी हैसियतमा पार्टी एकता हुने

  • 60
  •  
  •  
  •  
  •  
    60
    Shares

काठमाडौं, २ जेठ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण प्रक्रिया पुनः सुरु हुने भएको छ । पार्टी एकताको विषयमा निर्णय लिन आज एमालेले स्थायी समिति बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे एमाले स्थायी समिति बैठक बस्ने भएको छ । बैठकमा सरकारले जेठ ७ गते ल्याउने नीति तथा कार्यक्रमबारे छलफलसमेत हुने भएको छ ।

मंगलबार प्रधानमन्त्री केपी ओलीले युवा संघको भेलामा पार्टी एकताबारे जानकारी लिन पत्रकारलाई बुधबार बालुवाटार आउन भनेका थिए । आजको स्थायी समिति बैठकमा माओवादीसँग विवाद रहेका सबै विषय टुंगो लगाइने भएको छ । स्रोतका अनुसार जेठको पहिलो साता नै पार्टी एकीकरण गर्ने ढंगले गोप्य रूपमा दोस्रो तहका नेताहरू छलफलमा जुटेका छन् ।

जनयुद्ध शब्दावली विधानको प्रस्तावनामै राख्ने, प्रतिशतका आधारमा नभई बराबरीको सिद्धान्तका आधारमा एकता गर्ने कुरामा एमालेसमेत तयार भएको माओवादी नेताहरूको भनाइ छ । आज बस्ने एमाले स्थायी समिति बैठकले सो विषयलाई अनुमोदन गर्ने स्रोतले जनायो ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनु अगाडि पार्टी एकीकरण गर्न प्रचण्डले प्रस्ताव गरेअनुुसार आज एमालेले अचानक स्थायी समिति बैठक बोलाएको बुझिएको छ । छन् । पार्टी एकीकरणका लागि प्रचण्डले घोषणापत्रको लेखन सुरु गरिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 41 = 47