सातै प्रदेशका मुख्यमन्त्री सोल्टी होटलमा, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले जुरायो साइत

  • 30
  •  
  •  
  •  
  •  
    30
    Shares

काठमाडौँ, २ जेठ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महसंघले वृहत राष्ट्रिय सम्मेलनको आयोजना गर्दै छ । बुधबार राजधानीको होटल सोल्टी क्राउन प्लाजामा आयोजित सम्मेलनको ‘आर्थिक सामाजिक सम्बृद्धिको आधार, स्वदेशी रत्न आभुषणको विस्तार’ भन्ने नारासहित निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापनमा आभुषण क्षेत्रको योगदान, संभावना र उपाय विषयक ‘वृहत राष्ट्रिय सम्मेलन– २०७५’ गर्न लगेको हो ।

सम्मेलनमा अर्थमन्त्री युवराज अतिवडा, उद्योग, वाणीज्य तथा आपूर्ती मन्त्री मात्रिका यादव, सातवटै प्रदेशका मुख्यमन्त्रीहरु, संघीय निकायका सम्बन्धित मन्त्रालय तथा विभागहरु, वाणिज्य बैंकहरुका पदाधिकारीहरु, सातवटै प्रदेशका गहना व्यवसायीहरुका प्रतिनिधिमूलक संघहरुका अध्यक्षहरु, बृहत राष्ट्रिय सम्मेलन आयोजक महासंघको संघीय कार्य समिति र सदस्य-संघहरुका अध्यक्ष, सुनचाँदी, रत्न, आभुषण क्षेत्रका निजी क्षेत्रका संघीय, प्रदेश र जिल्ला संघहरुका अध्यक्षहरु, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको पाँचौ वार्षिक साधारण सभाका प्रतिनिधिहरु, संघीय स्तरका निजीक्षेत्रका संस्थाहरुका पदाधिकारी, अर्थ विद, विषयगत–विशेषज्ञ एवं संचारकर्मीका साथै नेपालस्थित विदेशी कुटनीतिक नियोगका पदाधिकारीहरुको उपस्थिति रहने छ ।

विशेष गरी मुलुकका सातवटै प्रदेशको आर्थिक विकासका संभावनाहरुको पहिचान गरी सार्वजनिक–निजी, साझेदारीमा कार्यान्वयन प्रक्रिया अघि बढाउन पहल गर्नुका साथै स्वदेशी रत्न, पत्थरको उत्खनन्, प्रशोधन आदि कार्यमा आन्तरिक तथा वाह्य लगानी एवं उच्च प्रविधि प्रयोग गरी संयुक्त परियोजना संचालन गर्नेबारे सहमति जुटाउनु सम्मेलनको मुख्य उद्देश्य रहेको महासंघका अध्यक्ष रमेश महर्जनले जानकारी दिएका छन् ।

सम्मेलन दिउँसो १ बजेदेखि सुरु हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

27 ÷ = 3