चलचित्र पत्रकारिता सम्मानबाट दयाराम पाण्डे र ध्रुव लम्साल सम्मानित हुने, लक्ष्मण सुवेदीलाई पुरस्कार

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, २ जेठ । यस वर्षको चलचित्र पत्रकारिता सम्मानबाट वरिष्ठ पत्रकार दयाराम पाण्डे र ध्रुव लम्साल सम्मानित हुने भएका छन् । बुधबार राजधानीमा बसेको चलचित्र पत्रकार संघ नेपालको बैठकले उनीहरुलाई चलचित्र पत्रकारिता सम्मानबाट सम्मान गर्ने निर्णय गरेको हो ।

त्यस्तै चलचित्र पत्रकारिता पुरस्कार भने नयाँ पत्रिका दैनिकमा कार्यरत लक्ष्मण सुवेदी र टीभी फिल्मीका सन्ध्या थापालाई प्रादान गर्ने र प्रोत्साहन पुरस्कार फिल्मीखबर डटकममाका मनिष दाहाललाई प्रदान गर्ने पनि बैठकले निर्णय गरेको छ ।

लचित्र पत्रकार संघले जेठ ७ गते १९ औँ स्थापना दिवसका अवसरमा सम्मान तथा पुरस्कार प्रदान गरेको बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × = 40