हराएको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो, चालक दलका दुवैको मृत्यु

  • 627
  •  
  •  
  •  
  •  
    627
    Shares

काठमाडौ, २ जेठ । सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट उडेको मकालु एयरको कार्गो जहाज हुम्लाको बाहुन खर्कमा दुर्घटना ग्रस्त भएको छ । विमानमा रहेका पाइलट किरण भट्टराई र को–पाइलट आदित्य नेपाली दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ । विमान नौ सिटे रहेको बताइएको छ ।

बिहान ६ बजेर १२ मिनेटमा उडेको कार्गो विमान बेपत्ता भएको चार घण्टामा हुम्लाको बाहुन खर्कमा दुर्घटना अवस्थामा फेला परेको हो । मकालु बिमान ३ टुक्रामा भेटिएको प्रेमनाथ ठाकुर त्रिभुवन विमानस्थलका प्रवक्ता प्रवक्ता ठाकुरका अनुसार उद्धारका लागि नेपाली सेनो हेलिकोप्टर पनि परिचालन गरिएको छ ।

चालकदलका दुवै सदस्यको शव सिमिकोटबाट नेपालगञ्ज लगिने र त्यहाँबाट काठमाडौँ ल्याउने तयारी भइरहेको पनि डीआईजी शाहले जानकारी दिएका छन् । विहान ६ बजेर १२ मिनेटमा उडेको विमान ६ बजेर २७ मा नेपालगञ्ज टावरसँग अन्तिम सम्पर्क भएको थियो । उडेको करिब १५ मिनेटदेखि बेपत्ता भएको विमान खोजीका लागि सिमिकोटबाट माउण्टेन एयरको विमान र हेलिकोप्टर साथै काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 9 = 36