प्रधानमन्त्री ओली र प्रचण्डबीचको एक्लाएक्लै वार्ता सकियो, के भयो सहमति ?

  • 91
  •  
  •  
  •  
  •  
    91
    Shares

काठमाडौं, २ जेठ । एक सातापछि प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको एक्लाएक्लै वार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता करिब डेढ घन्टा चलेको थियो ।

ओली र प्रचण्डबीच पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउने सहमति भएको छ । जनयुद्ध शब्दावली विधानको प्रस्तावनामै राख्ने, प्रतिशतका आधारमा नभई बराबरीको सिद्धान्तका आधारमा एकता गर्ने कुरामा एमालेसमेत तयार भएको माओवादी नेताहरूको भनाइ छ । त्यही आधारमा एकता प्रतिवेदन प्रचण्डले लेख्ने र जेठ ७ गतेभित्रै पार्टी एकता गर्ने तयारी भएको बताइएको छ । आजै एमालेले स्थायी समिति बैठक बोलाएको छ । बैठकमा जेठ ७ गते सरकारले संसदमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका साथै पार्टी एकताबारे पनि छलफल हुने भएको छ ।

विगत केही सातायता एमाले र माओवादी केन्द्रबीच पार्टी एकता नहुने हल्ला चलिरहेका बेला ओली र प्रचण्डबीच बुधबार बिहान भेटवार्ता भएको हो । ओली र प्रचण्डबीच अनौपचारिक तहमा कुराकानी भइरहे पनि एमाले नेता विष्णु पौडेल र माओवादी केन्द्रका नेता जनार्दन शर्मा पार्टी एकता निष्कर्षमा पु¥याउने गरी भित्री रूपमा खटिएका थिए । पौडेल र शर्मा बुधबार बिहान ओली र प्रचण्डबीचको भेटवार्तामा पनि सरिक थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा भोलि १० बजे एकता संयोजन समिति बैठक बोलाउने सहमति भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

84 ÷ = 28