मोदी भ्रमणमा ठूलो संख्यामा भारतीय सुरक्षा कमान्डो र हेलिकप्टर नेपाल आउनु चिन्ताको विषय : नयाँ शक्ति पार्टी

  • 57
  •  
  •  
  •  
  •  
    57
    Shares

काठमाडौं, २ जेठ । नयाँ शक्ति पार्टीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने राजकीय भ्रमण सकिएको पाँच दिनपछि पार्टी धारणा सार्वजनिक गरेको छ । नयाँ शक्तिले बुधबार विज्ञप्ति जारी गरी मोदी भ्रमण नेपाल–भारतबीचका समस्यामा केन्द्रित नभएर प्रधानमन्त्रीद्वय केपी ओली–मोदीको व्यक्तिगत प्रेम–घृणाको सम्बन्ध र राजनीतिक लाभमा सीमित हुनु चिन्ताको विषय भएको उल्लेख गरेको छ ।

उसले सन् १९५० को सन्धि, कोसी तथा गण्डक सम्झौताको पुनरावलोकन, महाकाली सन्धिको कार्यान्वयन र पञ्चेश्वरको डिपिआर, कालापानी, लिम्पियाधुरा, सुस्तालगायत दर्जनौं सीमाविवाद, चुलिँदो व्यापार घाटा, दक्षिणवर्ती एकतर्फी सीमाबाँधहरू र त्यसले उत्पन्न गर्ने डुबान समस्या, क्वारेन्टाइन चेकपोस्टका कारण कृषिजन्य वस्तुको निकासीमा देखिएको समस्या, इपिजीका गृहकार्यहरूको स्वामित्व ग्रहण आदि विषयमा कुनै गम्भीर छलफल, गृहकार्य र सहमति नहुनु दुःखद भएको जनाएको छ ।

नयाँ शक्तिका प्रवक्त डम्बर खतिवडाले भ्रमण कार्यक्रम निर्धारण गर्दा नेपाल सरकार आफ्ना आन्तरिक संवेनदशीलताप्रति गम्भीर नदेखिएको, नेपाल सरकारका अंग, निकाय र अवयवहरूबीच प्रभावकारी समन्वय, नियन्त्रण र सन्तुलन कायम गर्न परराष्ट्र मन्त्रालय असफल रहेको, प्रदेश नम्बर २ का मुख्यमन्त्रीले आन्तरिक राजनीतिको विषयलाई बाह्य पक्षसँग नियोरा गर्नु कूटनीतिक मर्यादाका हिसाबले अनुचित कार्य गरेको आरोप लगाएको छ ।

‘ठूलो संख्यामा भारतीय सुरक्षा कमान्डो र हेलिकप्टरहरू नेपाल ल्याउने जुन कार्य भयो, त्यो किमार्थ उचित थिएन । त्यसले देशका सुरक्षा निकायको मर्यादा र आत्मबललाई गिराउने तथा देशको सार्वभौमसत्तामाथि आशंका उत्पन्न गर्ने गम्भीर त्रुटि भएको छ,’ नयाँ शक्तिले भनेको छ । भ्रमण अवधिमै मोदीकै दल बिजेपीबाट निर्वाचित एक भारतीय सांसद कीर्ती आजादले दिएको अभिव्यक्तिले नेपाल–भारत सम्बन्धलाई अनावश्यक रुपमा जटिल बनाउने दुष्चेष्टा गरेको विज्ञप्तिमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =