स्वच्छिक अवकाश प्रकृया अगाडि बढाउन ट्रेड यूनियनको माग

  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

काठमाडौँ, २ जेठ । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले कर्मचारी समायोजनका विषयमा सरकारको ध्यानाकार्षण गराएको छ । ट्रेड यूनियनले बुधबार पत्रकार सम्मेलन गरी संघ, प्रदेश, स्थानीय निजामती सेवाका कर्मचारीहरुलाई सञ्चालन गर्न बनाईएको ऐनको मस्यौदा, समायोजन ऐन तत्काल लागु गर्न सरकारसँग माग गर्नुका साथै स्वेच्छिक अवकाश योजना साथै ट्रेड यूनियन व्यवस्था र अधिकारलाई कटौती गर्ने कुराप्रति गम्भीर ध्यानाकार्षण भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा ट्रेड यूनियनले राष्ट्रिय स्तरको ट्रेड यूनियनसहित पूर्ण ट्रेड यूनियनको अधिकार सुनिश्चितता गराउनु पर्ने, कानून्अनुरुप स्वच्छिक अवकाश प्रकृया अगाडी बढेकोमा सरकारले रोकिराखेकाले तत्काल अगाडि बढाउन पनि माग गरेको छ ।

यूनियनले निजामती सेवा नियमावलीको नियम २०५० को नियम ११७ (ख) बमोजिम कर्मचारी सम्बन्ध समितिको बैठक अबिलम्ब राख्न पनि माग गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 × 1 =