सन्दीप लामिछानेलाई अर्काे सफलता,  वेष्ट इन्डिजविरुद्धको आइसिसी विश्व ११ टिममा छनोट

  • 727
  •  
  •  
  •  
  •  
    727
    Shares

एजेन्सी, इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो खेलबाटै धुम मचाएका नेपाली टिमका युवा स्पिनर  सन्दीप लामिछानेले अर्काे फड्को मारेका छन्।  आगामी जेठ १७ गते इंगल्यान्डको लर्डस्‌मा हुने वेष्ट इन्डिजविरुद्धको आइसिसी विश्व ११ टिममा उनि परेका छन् ।

आइसिसी विश्व ११ टिममा इंगल्यान्डका खेलाडी इयान मोर्गन कप्तान रहने छन्। उक्त प्रतियोगिता  वेष्ट इन्डिजमा क्रिकेट रंगशाला बनाउन सहयोग जुटाउने उदेश्यले आयोजन गर्न लागिएको हो ।

 आइसिसी विश्व ११ टिममा हार्दिक पाण्डे, थिसेरा परेरा, साहिद अफ्रिदी, तमिम इक्बाल, दिनेश कार्थिक, रसिद खान, सोयब मल्लिक जस्ता चर्चित खेलाडीहरु छानिएका छन्। विश्व ११ टिममा छानिएपछि सन्दीपले खुशी व्यक्त गर्दै यो नेपाली  क्रिकेट प्रेमीहरुको लागि सम्मान भएको बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 3 = 2