‘हैरान’ गीतमा निश्माको सुन्दरताको तारिफ गर्दै गजित (भिडियो)

  • 74
  •  
  •  
  •  
  •  
    74
    Shares

काठमाडौँ २ जेठ । आउदो शुक्रबार अर्थात् जेठ ४ मा नेपालीफिल्म ‘हैरान’एक्लै रिलिजहुने भएको छ । पछिल्लो समय चलचित्र संघ र निर्माता संघको आन्दोलनको कारण उक्त डेटमा अन्यफिल्मले आउने घोषणा गरेका थिएनन् भने घोषित फिल्मपनि डेट सारेका थिए । तर वार्ता सफल भएपछी हैरानमात्र रिलिजहुने एक्लो फिल्म देखिएको छ । शुक्रवार रिलिजहुने फिल्मले नयाँगीत सार्वजनिक गरेको छ ।

सार्वजनिक’दाग छैन अब जुनमापनि’मा चन्द्रमणि भट्टराईको शब्द , किरण कंडेलको संगीत र युबराजचौलागाई , इन्दिरा जोशी र अभिनेत्रीनिश्मा घिमिरेको स्वर रहेको छ । गीतमागम्भीर विष्टको कोरियोग्राफी रहेको छ । गीतमानिश्मा र गजित विष्ट फिचर्ड छन् । ‘फिल्म रिलिजहुदैछ , वार्ताको सफलतापछी एउटा आशथपिएको छ’ निर्मातातथाकलाकार गजित विष्टले बताए । फिल्मको सार्वजनिक ट्रेलर , टिजर र गीतसंगीतको पाएको रेस्पोन्सले भने गजितउत्साहित छन् । ‘हाम्रो म्याटरलाई जसरि दर्शकले रुचाउनु भएको छ , यसले हामीलाई उत्साहितभने पक्कै बनाएको छ’ गजितले भने ।

विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमातयार भएको फिल्मलाई कमेडी र एक्सन जनरमातयार पारिएको छ । डेब्युफिल्म ‘लभ यु बाबा’मार्फत नै सौगातविश्वका कान्छा निर्देशक घोषित भएकाथिए । यिनै सौगात दोस्रो फिल्मलिएर आएका छन् । अघिल्लो फिल्ममाबाबु छोरी बीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिकविषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ । फिल्ममा सत्यराजआचार्य , गजित विष्ट , मोहमदवसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , शिशिर भण्डारी, एन्जल राई , आरोहीशर्मा लगायतको अभिनय रहेको छ । मोडलिङमा रमाउदै गरेकीआरोही यसै फिल्ममार्फत डेब्यु गर्दै्छिन ।

डान्स फेभरको ब्यानरमानिर्मित फिल्ममामुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एललामानिर्माता रहेका छन् भने सम्झनापोखरेल कार्यकारी निर्मात्री रहेकी छिन । फिल्ममाकथातथा कोरियोग्राफीमागम्भीर बिस्ट , द्वन्दमाचन्द्र पन्त , संगीतमा सत्यराजआचार्य, स्वरूपराजआचार्य ,किरण कडेल , राजनइशान र सन्तोष श्रेष्ठ रहेका छन् । फिल्मको डीओपीनवराजउप्रेती र छायाँकार निरज कडेल रहेका छन् भने मितश्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × = 18