ठूलो परिमाणमा गाँजासहित दुई पक्राउ

  • 30
  •  
  •  
  •  
  •  
    30
    Shares

हेटौँडा, २ जेठ । ठूलो परिमाणमा गाँजासहित मकवानपुर प्रहरीले आज बिहान दुईजनालाई पक्राउ गरेको छ ।

जिल्लाको राक्सिराङ गाउँपालिका–४ का सुदीप कोइराला र रामकृष्ण ब्लोनलाई उनीहरुको घरमा राखिएको गाँजासहित पक्राउ गरेको हो । कोइरालाको घरबाट छवटा बोरामा राखेको १५० केजी र ब्लोन घरबाट १६ केजी ८०० ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उनीहरुलाई पक्राउ गर्ने क्रममा केही व्यक्तिले अवरोध गर्न खोजेपछि प्रहरीले एक राउन्ड हवाइ फायरसमेत गरेको बताइएको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 6 = 12