आलिया अभिनित फिल्म ‘राजी’ सुपरहिट हुने बाटोमा

  • 381
  •  
  •  
  •  
  •  
    381
    Shares

मुम्बाई । स्टार आलिया भट्ट अभिनित फिल्म ‘राजी’ सुपरहिटके बाटोमा जाने देखिएको छ । फिल्म प्रदर्शन भएको तेस्रो दिनमा ३२।९४ करोड भारुको कारोबार गर्न सफल भएपछि फिल्म सुपरहिट हुने देखिएको हो ।

पोल्टिकल थ्रिलरलाई समेटेर निर्माण भएको उक्त फिल्म हरिन्द्र सिक्का लिखित ‘कलिङ सेहेमत ’ नामक किताबमा आधारित भारतको राजनितिक लाई मुख्य भूमिकामा बाधेर प्रस्तुत गरिएको भएकाले फिल्म मन पराइएको भारतिय मिडियाले जनाएको छ ।

आलिया भट्टले फिल्ममा ‘सेहेमत’ नामक पात्रको केन्द्रिय भूमिका निर्वाह गरेकी छन्। फिल्मले पाकिस्तानी सैन्य अधिकृतसँग विवाह गरेकी एक भारतीय महिलाको कथा पेस गर्छ। उनले विवाह पश्चात फिल्ममा भारतीय सेनाका लागि जासुसी गर्छिन्।

मेघना गुलजारले निर्देशन गरेको फिल्ममा आलिया भट्टका अलावा क्की कौशल, शिशीर शर्मा, रजित कपुर, सोनी रजदान तथा जयदीप अल्हावतको प्रमुख अभिनय रहेको छ।भारतका बलिउड फिल्म व्यापार विश्लेषक तरण आदर्शले फिल्मको कमाइलाई गतिलो कमाइको संज्ञा दिएका छन्। उनका अनुसार फिल्मले रिलिजको दिन शुक्रबार ७।५३, शनिबार ११।३०, आइतबार १४।११ करोड भारू कमाएको उल्लेख गरेका छन्।

उनले आफ्नो एक ट्विटमा फिल्मको गति हेर्दा फिल्म सुपरहिट हुने बाटोमा रहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 ÷ 4 =