एमाले र माओवादी केन्द्र विघटन हुँदै, आजै पार्टी एकताको घोषणा, नेपाल कम्युनिस्ट पार्टीको नाममा विवाद कायमै

  • 21
  •  
  •  
  •  
  •  
    21
    Shares

काठमाडौं, ३ जेठ । नेकपा एमाले र माओवादी केन्द्रबीच आज पार्टी एकताको घोषणा गरिने भएको छ । एमाले र माओवादी केन्द्र विघटन गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ नाम राखिने सहमति भएको छ । दुवै दलको संयुक्त बैठक बसी पार्टी विघटन भएको घोषणा गरिन लागिएको हो ।

एमाले र माओवादी केन्द्रबीच नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्ने सहमति भए पनि निर्वाचन आयोगमा यसअघि नै ऋषि कट्टेलको नाममा सो पार्टी दर्ता रहेको छ । कट्टेलले आफ्नो पार्टीको नाम कसैलाई नदिने बताइसकेका छन् । तर, बुधबार एमाले र माओवादी केन्द्रको सहमतिपछि भने नेता कट्टेलले केही धारणा सार्वजनिक गरेका छैनन् ।

नेत्रविक्रम चन्द विप्लवले पनि नेकपाकै नाममा सशस्त्र राजनीतिक गतिविधि चलाइरहेका छन् । यदि आज एमाले र माओवादी केन्द्र विघटन भएर नेकपा नाम राखिएमा मुलुकमा तीनवटा ‘नेपाल कम्युनिस्ट पार्टी’ को नाम अस्तित्वमा आउने छन् ।

यस्तो छ तालिका 

१. बिहान ८ बजे मदन स्मृति दिवस मनाउने

२.  १० बजे पार्टी एकता संयोजन समितिको बैठक बस्ने ।

३. ११ बजे एमालेको केन्द्रीय समितिको बैठक बस्ने ।

४. १ बजे माओवादी केन्द्रीय कार्यालय बैठक बस्ने ।

५. दुवै पार्टीको संयुक्त बैठक बस्ने ।

६. नेकपा एमाले पार्टी र माओवादी केन्द्र पार्टी विघटन भएको तथा ‘नेपाल कम्युनिष्ट पार्टी’ गठन भएको निर्णय गर्ने ।

७. भ्याएसम्म ३ बजे एकीकृत पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने ।

८. ४ बजे पत्रकार सम्मेलन गरेर एकताको घोषणा गर्ने

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

42 ÷ = 42