एन्टोनी ग्रिजम्यान नायक बन्दा एट्लेटिको म्याड्रिडलाई युरोपा लिगको उपाधि

  • 171
  •  
  •  
  •  
  •  
    171
    Shares

एजेन्सी, ३ जेठ । स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले युरोपा लिगको उपाधि जितेको छ । बिहीबार भएको फाइनलमा भिडन्तमा एट्लेटिकोले फ्रेन्च क्लब मार्सेलीलाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।

म्याड्रिडको जितमा फ्रेन्च फरवार्ड एन्टोनी ग्रिजम्यान नायक बने । ग्रिजम्यानले २१ मिनेटमा गोल गरेर एट्लेटिकोलाई अग्रता दिलाए । ४९ मिनेट ग्रिजम्यानले दोस्रो गोल गर्दा एट्लेटिको २–० गोलको अग्रता लियो । खेल सकिन एक मिनेट बाँकी छदा एट्लेटिकोका कप्तान गाबीले तेस्रो गोल गरे । एट्लेटिकोले पछिल्लो नौ वर्षमा तेस्रो पटक युरोपा लिगको उपाधि जितेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

56 ÷ = 8