एकल इन्जिनका विमान सञ्चालनबारे प्रश्न: यात्रु ओसार्न प्रतिबन्ध लाइयो, तर किन उडानमा प्रतिबन्ध लाइएन ?

  • 32
  •  
  •  
  •  
  •  
    32
    Shares

बिकट पहाडी भूबनौट भएको नेपाली आकासमा एकल इन्जिन भएका विमानमा प्राविधिक गडबडी भएमा आपतकालीन अवतरण जोखिमपूर्ण हुने गरेको अधिकारीहरूको भनाइ छ।

एउटा मात्र इन्जिन भएको मकालु एयरको हवाई जहाज सिमिकोट नजिकै दुर्घटनामा परेपछि त्यस्तो खाले विमानको खरीद रोक्ने तथा भएका विमानको उडान बन्द गर्न सकिने नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले बताएका छन्।

बिकट पहाडी भूबनौट भएका क्षेत्रमा उड्दा एकल इन्जिन भएका विमानमा प्राविधिक गडबडी भएमा आपतकालीन अवतरण जोखिमपूर्ण हुने गरेको अधिकारीहरूको भनाइ छ।

तीन वर्ष अगाडी काष्ठमण्डप एयरको जहाज दुर्घटनामा परेपछि सरकारले एउटा मात्र इञ्जिन भएको जहाजमा यात्रु ओसार्न प्रतिबन्ध लगाएको थियो।

मुद्दा

विमान सेवा कम्पनीहरुले त्यस्तो प्रतिबन्धविरुद्ध मुद्दा हालेपछि एउटा इञ्जिन भएको जहाजलाई मालसामान ढुवानी अर्थात कार्गो र भाडामा लिएर यात्रु बोक्नका लागि मात्र स्वीकृती दिएको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक भेषराज सुवेदीले एउटा इञ्जिन भएको जहाज किन्न र उडाउन निरुत्साहित् गर्ने नीति सरकारको रहेको बताए।

उनले भने, ‘(एकल इन्जिन भएका जहाजलाई) निरुत्साहित गर्ने हाम्रो नीति हो। भएका जहाजहरूलाई पनि कसरी हटाउने वा बन्द नै गर्ने सोच बनाइरहेका छौं।’

पहाडी नेपालमा खासगरी दुर्गम पहाडी र हिमाली जिल्लाहरुमा कार्गो र ‘चार्टड’ गरेर यात्रु ओसार्ने काम हाल एउटा इञ्जिन भएको जहाजले गर्दै आएको छ। समथर मैदानमा इञ्जिन फेल भएपनि सुरक्षित अवतरण गर्न सकिने अवस्था विरलै उपलब्ध हुने प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेल बताउछन्।

उडान

तर वरिष्ठ क्याप्टेन वाइके भट्टराई समस्या एकल इञ्जिन भएको जहाजमा नभएको बताए। उनको भनाई छ, ‘निजी अपरेटरहरुले सुरक्षाको नाममा भने अलिकति संझौता नै गरेको देखिन्छ। त्यसले गर्दा दुर्घटना हुने हो। एकल इञ्जिन कहिले पनि समस्या हुँदैन। त्यस्तो जहाज विश्वभर उडेकै छन्।’

नेपालमा मकालु एयरको एउटा इञ्जिन भएका तीन वटा सेस्ना नामक जहाजले सेवा प्रदान गर्दै आएको थिए। तर बुधवार एउटा जहाज दुर्घटनामा परेपछि एकल इन्जिन जहाजको संख्या अब दुई वटामा झरेको बताइएको छ।बीबीसीबाट साभार

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

80 ÷ 8 =