बालुवाटारमा वृक्षरोपण गरेपछि एमाले र माओवादीको अन्तिम बैठक सुरु, पार्टी एकता घोषणा गर्ने

  • 40
  •  
  •  
  •  
  •  
    40
    Shares

काठमाडौं, ३ जेठ । एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको एमाले र माओवादीको बैठक अन्तिम हुने छ । बैठकले घोषणा गर्न लागिएको पार्टी एकतालाई अनुमोदन गर्ने नेताहरूले बताएका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै पार्टी एकताको घोषणा गरी निर्वाचन आयोगमा दल दर्ता गर्ने बताएका छन् । एकता संयोजन समिति बैठकले सुरुमा पार्टी एकताको घोषणा गर्ने तयारी गरेको छ । आजै निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्ने र साँझ पत्रकार सम्मेलन गरिने भएको छ ।

दुवै पार्टीको बैठकले एकता गर्ने निर्णयलाई अनुमोदन गरिसकेका छन् । एमालेले बुधबार अपरान्ह ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको बैठकले पार्टी एकताको प्रस्ताव अनुमोदन गरेको थियो भने पार्टी एकतापछि निर्माण हुने नयाँ पार्टीको केन्द्रीय समितिको खाका तयार गरेको छ । माओवादी केन्द्रको पाँच घन्टा चलेको पार्टी कार्यालयको विस्तारित बैठकले एकतालाई टुंग्याउने विषय अनुमोदन गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 1 =