एमाले र माओवादीबाट स्थायी समिति सदस्यको लाग्यो टुंगो, ४३ मा महिलाबाट अष्टलक्ष्मी र ओनसरी मात्रै (सूचीसहित)

  • 440
  •  
  •  
  •  
  •  
    440
    Shares

काठमाडौं, ३ जेठ । एमाले र माओवादी केन्द्रले ‘नेपाल कम्युनिस्ट पार्टी’ मा रहने ४३ जना स्थायी समिति सदस्यको नाम टुंगो लगाएका छन् । एमालेबाट २५ र माओवादी केन्द्रबाट १८ जना रहनेछन् । ४३ सदस्यीय स्थायी समितिमा दुईजना मात्रै महिला रहेका छन् । जसमा एमालेबाट अष्टलक्ष्मी शाक्य र माओवादीबाट ओनसरी घर्तीमगर स्थायी समिति सदस्य बन्न सफल भएका छन् ।

दुई पार्टीबीच एकता भई बन्ने नेपाल कम्युनिस्ट पार्टीमा अमृतकुमार बोहरा दम्पती र वर्षमान पुन दम्पती स्थायी समिति सदस्य बनेका छन् । स्थायी समितिमा जम्मा दुईजना मात्रै मधेसी समुदायबाट पर्न सफल भएका छन् । जसमा सत्यनारायण मण्डल र मातृका यादव मात्र रहेका छन् ।

एमालेका २५ जना
केपी शर्मा ओली, झापा, झलनाथ खनाल, इलाम, माधवकुमार नेपाल, रौतहट, वामदेव गौतम, बर्दिया, सुवासचन्द्र नेम्वाङ, इलाम, भीम रावल, अछाम, युवराज ज्ञावाली, दाङ, अष्टलक्ष्मी शाक्य, काठमाडौं, ईश्वर पोखरेल, काठमाडौं, विष्णु पौडेल, रुपन्देही, घनश्याम भुसाल, रुपन्देही, प्रदीप ज्ञावाली, गुल्मी, भीम आचार्य, सुनसरी, पृथ्वी सुब्बा गुरुङ, लमजुङ, गोकर्ण बिष्ट, गुल्मी, योगेश भट्टराई, ताप्लेजुङ, शंकर पोखरेल, दाङ, मुकुन्द नेउपाने, बारा, सुरेन्द्र पाण्डे, चितवन, छविलाल बिश्वकर्मा, रुपन्देही, सत्यनारायण मण्डल, सप्तरी, किरण गुरुङ, तनहुँ, अमृत बोहरा, सिन्धुपाल्चोक, केशव बडाल, काभ्रे र सोमनाथ अधिकारी प्यासी कास्की ।

माओवादी केन्द्रबाट १८ जना
प्रचण्ड, चितवन, नारायणकाजी श्रेष्ठ, गोरखा, रामबहादुर थापा, चितवन, टोपबहादुर रायमाझी, अर्घाखाँची, अमिक शेरचन, चितवन, जनार्दन शर्मा, पश्चिम रुकुम, वर्षमान पुन, रोल्पा, देवप्रसाद गुरुङ, लमजुङ, पम्फा भुसाल, ललितपुर, गिरिराजमणि पोखरेल, महोत्तरी, मातृकाप्रसाद यादव, धनुषा, अग्नि सापकोटा, सिन्धुपाल्चोक, ओनसरी घर्ती, रोल्पा, लेखराज भट्ट, कैलाली, शक्ति बस्नेत, जाजरकोट, हरिबोल गजुरेल, सिन्धुली, लीलामणि पोखरेल, काठमाडौं र राम कार्की झापा ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 75 = 76