एकता संयोजन समितिद्वारा दुई अध्यक्षको सहमति अनुमोदन, आजै पार्टी एकता हुने, एकीकृत पार्टीको पहिलो बैठक गोकर्ण रिसोर्टमा बस्ने तयारी

  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौँ, ३ जेठ । नेकपा एकमाले र नेकपा माओवादी केन्द्र एकता संयोजन समितिको बैठक सकिएको छ । बालुवाटारमा सम्पन्न बैठकले पार्टी एकताको विषयमा दुई अध्यक्षबीचको सहमती अनुमोदन गरेको छ । बैठकले एकिकृत पार्टी सचिवालय ९ सदस्यिय बनाउने निर्णय पनि गरेको छ । संयोजन समितिको निर्णयलाई पारित गर्न दुवै पार्टीको छुट्टाछुट्टै बैठक बसिरहेको छ ।

नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ भने उता नेकपा माओवादी केन्द्रको विस्तारित बैठक पनि खुमलटारमा जारी छ । दुवै पार्टीको छुट्टाछुट्टै वैठक सकिएपछि संयुक्त बैठक बस्ने र राष्ट्रियसभा गृहमा संयुक्त पत्रकार सम्मेलन गरी पार्टी एकताको घोषणा हुने श्रोतले जनाएको छ । श्रोतका अनुसार आजै दुई पार्टीबीच एकता घोषणा भएपछि पहिलो बैठक आजै गोकर्ण रिसोर्टमा बस्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

75 − = 73