एमाले–माओवादी केन्द्रबीच एकिकृत पार्टीको सचिवालय ९ सदस्यीय बन्ने, को छन् सचिवालय सदस्यमा ?

विष्णु पौडेल महासचिव, नारायणकाजी प्रवक्ता
  • 67
  •  
  •  
  •  
  •  
    67
    Shares

काठमाडौँ, ३ जेठ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकिकृत पार्टी सचिवालय ९ सदस्यिय बन्ने भएको छ । दुवैपार्टीका अध्यक्षसहित वरिष्ठ नेताहरु सम्मिलित ९ सदस्यीय सचिवालय बनाउने निर्णय बिहीबार बालुवाटारमा सम्पन्न एकता संयोजन समितिको बैठकले गरेको हो ।

सचिवालयमा पार्टीका दुई अध्यक्षहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरु रहने छन् । एमालेबाट अध्यक्ष ओलीसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, विष्णु पौडेल र इश्वर पोखरेल रहेका छन् भने माओवादीबाट अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’ रहेका छन् ।

दुई पार्टीबीच एकतापछि बनेको नयाँ पार्टी सञ्चालन गर्न बनेको सचिवालयको महासचिवको जिम्मेवारी भने एमाले विष्णु पौडेललाई दिने र प्रवक्ताको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई दिने निर्ण पनि भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 1 =