एमाले र माओवादी औपचारिकरुपमा विघटन, नयाँ पार्टी दर्ताको तयारी, संयुक्त बैठकका लागि नेताहरु बालुवाटारमा

  • 53
  •  
  •  
  •  
  •  
    53
    Shares

काठमाडौँ, ३ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै पार्टी औपचारिक रुपमा विघटन भएका छन् । दुवै पार्टीका केन्द्रीय समितिको छुट्टा छुट्टै बैठक बसेर पार्टी विघटन गरेका हुन् । दुवै पार्टीको केन्द्रीय समितिको बैठकले एकता संयोजन समितिले गरेको निर्णय पारित गर्दै औपचारिक रुपमा आफ्नो पार्टी विघटन भएको घोषणा गरेका हुन् ।

एमाले केन्द्रीय कमिटीको बालुवाटारमा बैठक बसेर पार्टी विघटनको घोषणा गरेको हो । एमालेले पार्टीका तत्कालीन नेता मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको २५ औँ स्मृति दिवसकै दिन पार्टी विघटन गरेको छ ।

उता नेकपा माओवादी केन्द्रको विस्तारित बैठक पनि खुमलटारमा बसेको थियो । बैठकले पार्टी विघटनको घोषणा गरेको हो । दुवै पार्टीको छुट्टाछुट्टै वैठक सकिएपछि अहिले संयुक्त बैठकका लागि दुवै दलका नेताहरु बालुवा टार पुेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

50 ÷ 10 =