एकीकृत नयाँ पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’, नाम दोहोरिएको भन्दै दर्ता गर्न नमिल्ने निर्वाचन आयोगको भनाई

  • 46
  •  
  •  
  •  
  •  
    46
    Shares

काठमाडौँ, ३ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राखेर दर्ता गर्ने तयारी भइरहेको छ । दुवै पार्टी सम्मिलत एकता संयोजना समितिको बुधबार बसेको बैठकले नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने निर्णय गरेको थियो । समितिको निर्णयलाई दुवै पार्टीको केन्द्रीय समितिको छुट्टाछुट्टै बैठकले पारित पनि गरिसकेको छ ।

अहिले दुवै पार्टीको बैठक बालुवाटारमा बसिरहेको छ भने बैठक सकिए लगत्तै संयुक्त पत्रकार सम्मेलन गरी पार्टी एकताको घोषणा गर्ने बताइएको छ । पार्टी एकतापछि आजै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराउने तायरी पनि भइरहेको छ । तर नयाँ पार्टीको नाम यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेको अवस्थामा अर्को पार्टी दर्ता गर्न समस्या हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगमा यसअघिका कम्युनिष्ट पार्टीसँगै फुटेर गएका नेताहरुले नेपाल कम्युनिष्ट पार्टीका नाममा निर्वाचन आयोगमा पार्टी दर्ता गरिसकेका थिए । एउटै नाममा दुईवटा पार्टी दर्ता गर्ने प्रावधान नभएको निर्वाचन आयोगका अधिकारीले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 2 =