नवगठित नेकपाको केन्द्रीय कार्यालय हाल धूम्रबाराहीमा रहने

  • 107
  •  
  •  
  •  
  •  
    107
    Shares

काठमाडौँ, ३ जेठ । नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय हाल धूम्रबाराहीमा रहने भएको छ । पार्टीका जनसङ्गठन र जनसम्पर्कका कामहरु भने पेरिसडाँडा रहने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताउनुभयो । धूम्रबाराहीमा पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको स्थानमा तत्कालीन नेकपा(एमाले) को अस्थायी र पेरिसडाँडामा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय कार्यालय थिए ।

शुक्रबार विघटित पार्टीका सूचनापाटीहरु झिकिने बताइएको छ । निर्वाचन आयोगमा आज दर्ता भएको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र दर्ता नं पाँच हजार ६६६ रहेको कार्यालय सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

85 − 75 =