‘हिउँझै गोरी’ बोलको म्युजिक भिडियो सार्वजनिक

  • 120
  •  
  •  
  •  
  •  
    120
    Shares

एजेन्सी, १२ जेठ । ‘हिउँझै गोरी’ बोलको सुमधुर गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नारायण धितालको आवजमा रहेको यस गीतको शब्द अर्जुनरत्न भिकारीको रहेको छ भने संगीत चेतन सापकोटाको रहेको छ ।

शुक्रबार मात्रै रिलिज भएको यस म्युजिक भिडियोको निर्देशन युवराज वाइवाले गरेका छन् । यसको छायांकन सुदिप बरालले गरेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका हुन्।

यसमा चेतन सापकोटा, नारायण धिताल र सुष्मा अधिकारीले अभिनय गरेका छन् । साथै बाल कलाकार शिवम् धिताल पनि छन् ।  यो गीतको भिडियो युट्युवमा पनि राखिएको छ । युट्युवमा राखेको भोलिपल्ट नै एकलाख १४ हजार बढीले यो भिडियो हेरिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 49 = 52