पाल्पा वस दुर्घटना: राम्दीघाटमा सामुहिक दाहसंस्कार

  • 2.7K
  •  
  •  
  •  
  •  
    2.7K
    Shares

पाल्पा । एकै स्थानका धेरै प्रतिष्ठितको ज्यान जानेगरी भएको दुर्घटनालाई कालो दिनका रुपमा तानसेन वासीले लिएका छन । यसलाई कालो सुक्रवारको संज्ञा पनि दिइएको छ ।

हुनत पाल्पा जिल्ला सदरमुकाम तानसेनका वजार तथा पसल,उद्योग कलकारखा,व्यवसाय प्रत्येक शनिवार वन्द गरिन्छन । केही वर्ष पहिलेदेखि पाल्पा उद्योग वाणिज्य संघको आव्हानमा यस्तो प्रचलन गरिदै आएको छ तर शनिवारको वन्दले धेरै मानिसहरु पसल वन्द गरी व्यक्तिगत काम र पारिवारिक खुशीमा रमाउनु भन्दा पनि शोकमग्न भएर जीन्दगीको नमिठो पल सम्झेर विताए । सुक्रवार पाल्पामा भएको बस दुर्धटनामा १४ जनाले ज्यान गुमाएकोमा शनिवार (आज) पनि तानसेन वजार शोक मग्न बनेको छ ।

तानसेनका हरेक चोक र घर घरमा भेला भई भाव विह्वल हुदै दुःखद घटनाको स्मरण गरिरहेका छन । सुक्रवार (हिजा)े देखी नै दुर्घटनामा परेका मृतक तथा घाईतेको घरघरमा आफन्त तथा शुभचिन्तकहरु सान्त्वना दिन पुगेका छन ।

एउटै सहकारीकाका अध्यक्ष सहित पदाधिकारी, शेयर सदस्य र कर्मचारीको मृत्युले सहकारी क्षेत्र पनि शोकमग्न भएको छ । दुर्घटनामा परी ज्यान गुमाएका मृतकको सवयात्रा गरिएको थियो । तानसेनवासीहरु कसको सवयात्रामा सहभागी हुने भनी अलमलमा परेका थिए ।

मृतक मध्ये विष्णुमान बज्राचार्य लक्ष्मी बचत सहकारीका अध्यक्ष हुन भने कृष्ण बहादुर बोहोरा डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख हुन । दुर्घटनामा परेका कति पयको सुक्रवार (हिजो) नै र कतिपयको शनिवार (आज) राम्दीघाटमा सामुहिक दाहसंस्कार गरिएको छ ।

मृतकहरु पाल्पा जिल्ला सदरमुकाम तानसेनका प्राय सवै टोलका परेका छन । वर्तुङ्ग देखि लिएर वसपार्क, सिल्खानटोल, वडिज्ञान, सितलपाटी टक्सार देखि लिएर वसन्तपुर र कैलाशनगर टोलसम्मका व्यक्तिहरु दुर्घटनामा परेपछि सवै टोलमा रुवावासी र पिडा देखिएको हो ।
पाल्पा उधोग वाणिज्य संघले दुृःखद घटनामा परी निधन भएकाको शोक मनाउन भोली (आईतवार) उधोग व्यबसाय तथा कलकालखाना बन्द गर्ने निर्णय गरेको छ ।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले एक विज्ञप्ति जारी गरी संघका कानूनी सल्लाहकार लोकप्रसाद ढकाल,एशोसियट कार्य समिती सदस्य विष्णुमान वज्राचार्य,पूर्व कोषाध्यक्ष क्षेत्रमान शाक्य, पूर्व कार्यसमिती सदस्य देवेन्द्रलाल प्रधान,शुशील प्रसाद श्रेष्ठ,कृष्णमान वज्राचार्य तथा साधारण सदस्यहरु दुर्गादेवी श्रेष्ठ र सचिन वजा्रचार्यको साथै डिभिजन सहकारीका प्रमुख कृष्ण वहादुर वोहोरा,गीता वुढाथोकी,वसन्ती खाँड, मुना सारु, कमला कार्की र दुर्गा वहादुर सारुको निधनले संघ लगायत जिल्लालाई नै शाकाकूल वनाएको उल्लेख गर्दै उद्योगी, व्यापारी व्यवसायी समाजसेवी एवम् तानसेनका अग्रणी व्यतिmत्व गुमाउनुपर्दा मर्माहत भएको उल्लेख गर्दै स्वर्गीय आत्माको चीर शान्ति र मृतकको परिवारमा समवेदना प्रकट गर्नु भएको छ । त्यस्तै घाइतेको स्वास्थ्य लाभको कामना पनि विज्ञप्तिमा गरिएको छ ।

पाल्पाका प्रायः सवैजसोले सामाजिक संजालमा यस दिनलाई कालो दिनको रुपमा चित्रण गरी सोक समवेदना प्रकट गरेका छन । यसैगरी शोक मनाउन पाल्पा जिल्लाका सवै सहकारी समेत आईतवार बन्द गर्ने निर्यण भएको छ । यस्तै विभिन्न राजनितिक पार्टी, संघ संस्था र व्यक्तिहरुले पनि विज्ञप्ती जारी गरि मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना तथा घाइतेको स्वास्थ्यलाभको कामना गर्नेक्रम जारी छ भने प्रतिष्ठित व्यक्तिहरु मृतकको घरमै गई समवेदना प्रकट गरिरहेका छन ।

पाल्पामा भएको हिजोको सडक दुर्घटना भने नौलो होईन । तानसेन बुटवल सडकखण्डको सिद्धवावामा पाल्पाबासीले प्रत्येक बर्ष ज्यान गुमाउदै आएका छन । तानसेन रामपुर सडक खण्डमा यस अघि ठुलो दुर्घटना नभएपनि सुक्रवार वार भएको दुर्घटनामा एकै स्थानका यति धेरैले ज्यान गुमाउदा तानसेन शोकमग्न भएको हो । यस दुर्घटनालाई निकेै समयसम्म पाल्पावासीले भुल्ने छैनन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 5 =