क्रिकेटर सन्दीप लामिछाने अब गायक र संगीतकार पनि, बजारमा ल्याए ‘उदास’ बोलको गीत (भिडियोसहित)

  • 616
  •  
  •  
  •  
  •  
    616
    Shares

काठमाडौँ, २४ जेठ । चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई खेलाडी भनेर नचिन्ने सायदै छन् । तर लामिछानेले आफूलाई खेलाडी मात्रै नभएर कलाकारका रुपमा पनि चिनाउने प्रयास गरेका छन् ।

बहुप्रतिभाका धनी सन्दिपले हालै मात्र आफैले गाएको ‘उदास’ बोलको गीत सार्वजनिक गरेर आफूलाई गायक रुपमा चिनाएका छन् । बिनोद तिमल्सिनाको शब्द रचनामा सन्दीप आफैले संगीत भरेका छन् ।

बुधबार मात्रै युट्युवमा अपलोड भएको गीत बिहीबार बिहानसम्ममा १७ हजार चोटी हेरिसकिएको छ । यो गीतको म्युजिक भिडियो पनि चाँडै तयार गर्ने सन्दीपले बताएका छन् ।

आफूलाई क्रिकेट खेलाडीको रुपमा सबैले मायाँ गरेको भन्दै अब गायकको रुपमा पनि सबैले आफूलाई मायाँ गर्ने अपेक्षा सन्दीपको रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − = 10