‘सांघाई सहयोग संगठन’ मा नबोलाए पनि गोरखापत्रमा चिनियाँ विज्ञापन, यसकारण प्रधानमन्त्री ओलीलाई बोलाइन

  • 86
  •  
  •  
  •  
  •  
    86
    Shares

काठमाडौं, २४ जेठ । चीनको राजधानी बेइजिङमा ‘सांघाई सहयोग संगठन’ को १८औं सम्मेलन सुरु भएको छ । तर, संगठनको सदस्य राष्ट्र भएको नेपाललाई चीनले औपचारिक निमन्त्रणा नै गरेन । जबकि प्रधानमन्त्री केपी ओलीले चीनसँग आफूले सुमधुर सम्बन्ध कायम गरेको दाबी गर्दै आएका थिए ।

सम्मेलनमा नबोलाउने संकेत पहिल्यै पाएपछि प्रधानमन्त्री ओलीले सोही समय पारेर आफू चीनको भ्रमणमा आउन लागेको प्रस्ताव चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलमार्फत पठाएका थिए । तर, ‘सांघाई सहयोग संगठन’ को व्यस्तताका कारण भेट्न नसकिने चिनियाँ राष्ट्रपति सि जिन पिङको जानकारीपछि ओलीको भ्रमण असार ५ देखि सुरु हुने भएको छ । ओली ५ गते गएर असार १० गते स्वदेश फर्कने भएका छन् ।

गत चैतमा आयोजित बोआओ सम्मेलनमा आमन्त्रण गरे पनि प्रधानमन्त्री ओली चीन नगई भारतको राजकीय भ्रमणमा गएपछि चीनले यसपटक ‘सांघाई सहयोग संगठन’ सम्मेलनमा आमन्त्रण नगएको बताइएको छ । तर, आफ्नो देश सो सम्मेलनमा नगए पनि प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि जिन पिङले सम्मेलनमा राखेको मन्तव्यलाई सरकारी दैनिक पत्रिका गोरखापत्रमा एक पृष्ठ छाप्न लगाएका छन् ।

जसमा माथिल्लो भागमा चिनियाँ राष्ट्रपतिले सम्बोधन गरेको तस्बिर र तल प्रमुख देशका नेताहरूको छलफलको तस्बिर राखिएको छ । यसरी सरकारी सञ्चारमाध्यममा सम्मेलनमार्फत चिनियाँ विज्ञापनले प्रवेश पाएको छ ।

हाल सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटा छन् । उनी प्रधानमन्त्री ओलीका विश्वासपात्र हुन् । यसअघि भारतले यसरी नै दैनिक पत्रिकाहरूमा विज्ञापनमार्फत आफ्नो पहुँच विस्तार गर्दै आएको थियो । अब चीनले पनि त्यसलाई पछ्याएको देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × = 9