नेपाल आयल निगमका कार्यकारी अध्यक्ष गोपाल खड्काद्वारा राजीनामा

  • 139
  •  
  •  
  •  
  •  
    139
    Shares

काठमाडौं, २४ जेठ । नेपाल आयल निगमका कार्यकारी अध्यक्ष गोपालबहादुर खड्काले राजीनामा दिएका छन् । बिहीबार बिहान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्रकार सम्मेलन गरी खड्काले राजीनामा दिएका हुन् ।पेट्रोलियम पदार्थ भण्डारण गर्न आयल निगमका लागि चारवटा जिल्लामा जग्गा खरिद गर्दा एक अर्बभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा सरकारले उनलाई मन्त्रालयमा बोलाएको थियो । करिब दस महिनासम्म मन्त्रालयमै थन्केका खड्काले आज राजीनामा दिएका हुन् ।

उनी केही दिनअघि मात्र अमेरिकाबाट स्वदेश फर्केका हुन् । नेपाल आएलगत्तै खड्काले राजीनामा दिएका हुन् । अब सरकारलाई खुला प्रतिस्पर्धाबाट निगमको कार्यकारी निर्देशक नियुक्ति गर्न बाटो खुलेको छ । अहिले निगमको निमित्त कार्यकारी निर्देशकमा सुशील भट्टराई छन् । उनी पनि भ्रष्टाचार अभियोगमा अनुसन्धानमा परेका व्यक्ति हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

50 ÷ 5 =