विश्वकप हेर्न २० लाखले काटे टिकट, कुन देशका कति ?

  • 1.4K
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

काठमाडौं, २४ जेठ । विश्वकप भन्ने वित्तिकै जो सुकैलाई पनि रंगशाला, फुटवल र आफ्नो टिमले झस्काउँछ ।

अझै रंगशालामै गएर फुटवल हेर्न फ्यानहरुको तछाड मछाड हुने गर्दछ । रंगशालामै गएर फुटवल हेर्नका लागि विश्वका दर्जनौ मुलुकका फुटवल प्रेमीहरुले टिकट काटेका छन् ।

सन् २०१८ को फिफा विश्वकपको लागि रसिया जानको लागि फुटवल समर्थकहरुले रसिया जानको लागि २० लाख ९२ हजार ४ सय ८२ वटा टिकट फिफाले जारी गरेको छ ।

जसमा पहिलो चरणमा १६ लाख ९८ हजार ४९ टिकट फिफाले बिक्री गरेको थियो । भने दोस्रो चरणमा ३ लाख ९४ हजार ४ सउ ३३ वटा टिकट बिक्री गरेको थियो ।
जुन टिकट समुह चरण देखि फाइनल सम्मको काटिएको हो ।

जसमा सवैभन्दा धेरै रसियानहरुले काटेका छन् । दोस्रो चरणको लागि २ लाख १६ हजार १ सय ३४ रसियालीले टिकट काटेको छ । भने रसियाली नागरिकले विश्वकपको टिकट ७ लाख ९६ हजार ८ सय ७५ वटा टिकट खरिद गरेका छन् ।

दोस्रो धेरै टिकट काट्नेमा अमेरिकाका नागरिकहरु धेरै रहेका छन् । उनीहरुले पहिलो चरणको लागि ८० हजार र दोस्रो चरणको लागि भने अमेरिकाबाट १६ हजार ४ सय ६२ गरी जम्मा ९६ हजार ४ सय ६२ वटा टिकट काटेका छन् ।

त्यस्तैगरी ब्राजिलका समर्थकहरुले पहिलो चरणमा ६६ हजार र दोस्रो चरणको लागि ९ हजार ९ सय ६२ गरी ७५ हजार ९ सय ६२ ब्राजिलियन समर्थकहरुले टिकट काटेका छन् । त्यस्तै जर्मनीका ६० हजार ९ सय ७४, मेक्सिकोबाट ६६ हजार ३ सय ७२ ले टिकट काटेका छन् ।

त्यस्तै अर्जेन्टिनाबाट ६० हजार ६ सय जनाले टिकट काटेका छन् । पेरुबाट ४८ हजार ७ सय ६६ जनाले टिकट काटेका छन् । त्यस्तैगरी चीनबाट ४३ हजार ५ सय ८८ जनाले रसिया विश्वकपको टिकट काटेका छन् ।

भने अष्ट्रेलियाबाट ४० हजार ९ सय ५ जनाले टिकट काटेका छन् । त्यस्तैगरी इंङ्ल्यान्ड ३१ हजारले रसिया विश्वकपको टिकट काटेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 × 1 =