विश्वकपमा हालसम्म २ हजार ३ सय ७७ गोल, कुन संस्करणमा कति ? सूचिसहित

  • 155
  •  
  •  
  •  
  •  
    155
    Shares

काठमाडौं, २४ जेठ ।  विश्वकप फुटबलको एक्काइसौं संस्करण फिफा विश्वकप २०१८ रसियामा सुरु हुँदैछ । जुन १४ देखि हुने विश्वकपमा सहभागि हुन जाने टोलीहरु विभिन्न देशमा फ्रेन्डली म्याच खेलि रहेका छन् भने केही टोली रसिया पुगि सकेका छन् ।

 

विश्वकप फुटबल इतिहासमा कुन ट्रुनामेन्टमा कति गोल भयो भन्ने चासो धेरैलाई हुन सक्छ । हामीले यहाँ कुन देशमा आयोजना भएको विश्वकप फुटबलमा कुल कति गोल भयो भन्ने सूचि बनाएका छौं ।

सन् १९३० मा पहिलो पटक आयोजना भएको विश्वकप फुटबलमा कुल ७० गोल भएको थियो । आयोजक राष्ट्र थियो उरुग्वे र पहिलो विश्व विजेता बनेको थियो उरुग्वे नै । त्यस्तै विश्वकप फुटबलको दोस्रो संस्करणको आयोजना इटालीले गरेको थियो ।

१९३४ मा भएको उक्त विश्वकपमा पनि कुल ७० गोल नै भएको थियो । त्यस्तै १०३८ मा फ्रान्समा भएको विश्वकपमा ४ गोल हुँदा ब्राजिलमा १०५० भएको विश्वकपमा कुल ८ गोल भएको थियो ।

१०५४ को विश्वक आयोजक राष्ट्र स्वजरल्यान्ड थियो जहाँ १ सय ४० गाल भएको हो । स्वीडेनमा १९५८ मा भएको विश्वकपमा भने १ सय २६ गोल भएको थियो । त्यसपछि चिलीले १९६२ मा आयोजना गरेको विश्वकपमा गोलको संख्या अघिल्लो ट्रुनामेन्टको तुलनामा किम्मै कम भएको थियो ।

उक्त वल्डकपमा ८९ गोल हुँदा त्यस पछि इंल्याण्डमा १९६६ मा भएको विश्वकपमा पनि ८९ गोल नै भएको थियो ।  मेक्सिकोले १९७० मा आयोजना गरेको विश्वकपमा कुल ९५ गोल हुँदा त्यस पछिको १९७४ मा जर्मनीले खायोजना गरेको खेलमा ९७ गोल भएको तथ्यांक छ ।

अर्जेन्टिनाले १९७८ मा आयोजना गरेको विश्वकप फुटबलमा भएको सबै खेलमा १ सय २ गोल भएको थियो । यस पछिको सबै विश्वकप संस्करणमा सय भन्दा धेरै गोल भएका छन् । स्पेनले १९८२ मा आयोजना गरेको विश्वकपमा १ सय ४६ गोल गरेको थियो ।

यो यस अघिको भन्दा उच्च विन्दूको गोल संख्या हो । त्यस पछिको खेलमा १ सय ३२ गोल भएको थियो जुन १९८६ मा मेक्सिको आयोजक रह्यो । इटालीले १९९० मा आयोजना गरेको विश्वकपमा १ सय १५ गोल भएको थियो ।

त्यसपछि १९९४ मा अमेरिकाले पहिलोपटक विश्वकप आयोजना गरेको थियो । उक्त खेलमा कुल १ सय ४१ गोल भएको थियो । १९९८ को विश्वकपका आयोजक राष्ट्र फ्रान्स हो । सो खेलमा १ सय ७१ गोल भएको थियो । यो एउटै विश्वकपमा हालसम्मकै सर्वाधिक मध्येको एक स्कोर हो ।

२००२ को विश्वकप आयोजक राष्ट्र दक्षिण कोरिया र जापान संयुक्त रुपमा थिए । उक्त विश्वकपमा कुल १ सय ६१ गोल भएको थियो । त्यस्तै २००६ मा जर्मनीमा भएको विश्वकप खेलमा १ सय ४७ गोल हुँदा दक्षिण अफ्रिका आयोजक भएको २०१० को विश्वकपमा कुल १ सय ४३ हुनपुगेको थियो ।

२०१४ को विश्वकप आयोजक राष्ट्र ब्राजिल थियो । उक्त विश्वकपमा पनि कुल १ सय ७१ गोल भएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

24 ÷ = 3