काठमाडौंमा ‘मेची महाकाली ट्यालेन्ट’को अडिसन

  • 46
  •  
  •  
  •  
  •  
    46
    Shares

काठमाडौं, २४ जेठ । उपत्यकाबाहिरका विभिन्न ६ सहरमा अडिसन सकिएपश्चात ‘मेची महाकाली ट्यालेन्ट’को काठमाडौं अडिसन यो शनिबार हुने भएको छ । यसअघि यस ‘रियालिटी शो’को अडिसन बिर्तामोड, बुटवल, हेटौंडा, नारायणगढ, पोखरालगायतका स्थानमा भइसकेको जनाइएको छ । काठमाडौं अडिसन भने मिनभवनस्थित एभ्रेस्ट फिल्म एकेडेमीमा बिहान १० बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

बुधबार एक कार्यक्रम गरी आयोजकले काठमाडौं अडिसनका लागि निकै उत्साहित रहेको बताएका छन् । विभिन्न फरक प्रतिभालाई एउटै मञ्चबाट उजागर गर्ने उद्देश्यले हुन लागेको ‘मेची महाकाली ट्यालेन्ट’मा प्रतियोगीले कुनै पनि शुल्क तिर्नु नपर्ने आयोजकको तर्फबाट देब मगरले बाताए ।

ग्रेड वान मिडिया प्राइभेट लिमिटेडले आयोजना गरेको रियालिटी शोमा विजेताले २१ लाख नगद उपहार पाउनेछन् । प्रतियोगितामा  गायन, अभिनय, नृत्य र अन्य विधाहरुमा प्रतिस्पर्धा हुने बताइएको छ ।

यो रियालिटी शोमा जजको रुपमा सुनिल थापा, गौरी मल्ल, त्रिलोक राना र गम्भीर बिस्ट रहेका छन् । यस रियालिटी शोमा सबै उमेर र जुनसुकै प्रतिभा भएका व्याक्तिले भाग लिन पाउनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 × = 12